नेपाली गीत संगीत क्षेत्रमा चा डपर्व विशेष गीतसंगीत बजारमा आउने क्रममा हरितालिका तीजको अवसरमा किन्दीनु बाबाले झुम्कना बोलको गीत बजारमा सार्वजनिक भएको छ । सुदुरपश्चिम क्षेत्रका लोकप्रिय र चर्चित गायिका निरुता खत्रीसँगै दश जना कलाकारको स्वर र अभिनय रहेको सो गीत अहिले निक्कै चर्चामा रहेको छ ।

उसो त तीज गीतहरूमा नेपाली महिला दिदीबहिनीहरू विभिन्न मठ मन्दिरमा गएर तीजको गीतहरुमा मनोरञ्जन लिने गरेको देखिन्छ । यस्तैलाई मध्यनजर गर्दै दर्शक र महिला दिदीबहिनीहरुलाई छमछमी नचाउने खाले किन्दीनु बाबाले झुम्कना भन्ने भावनामा गीत सिर्जना भएको छ । हेमन्त भट्टराईको मन छुने शब्द तथा संगीत सिर्जनामा किन्दिनु बाबाले झुम्कान बजारमा सार्वजनिक भएको हो ।

बिसेश फिलिम्स युटुब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । यति धेरै गायिका एक ठाउँमा आएर गित गाउदा अत्यन्त सुन्दर अडियो बनेको छ । त्यसैगरी भिडियोमा समेत गायिकाहरुलेनै मोडलिङ गरेकाछन । गायिकाहरुमा हेमन्ता भट्टराई, निरुता खत्री, गौरी भट्ट, रेखा जोशी, शोभा थापा, दिपा रोकाय, पशुपति खनाल, भावना चन्द, कृष्ण सिराडी, रितु थापा र गौरी ओझा रहेका छन ।
बिशेश फिल्मसले निर्माण गरेको अडियो÷भिडियोको एरेन्जर बिजय थापा रहेका छन । उक्त म्युजिक भिडियो प्रविन थापाले निर्देशक गरेका हुन् भने सिम्रन दुलाल र अनिता साउद तथा अन्य साथीहरुको सामुहिक रुपमा धमाकेदार अभिनय रहेको छ भने चक्र बराल बासुले छायांकन र टेकेन्द्र साहले सम्पादक गरेका छन । –नव क्षितिज साप्ताहिकबाट

हेर्नुस् भिडियो