– शेरजंग बहादुर चन्द

वडासदस्य देखी मंत्री, सबै हतारमा छन
कोई नरोक यहाँ, सबैजना असारमा छन ।
बजेट पचाउने, सबै मिलोमतोका ठेकेदारहरु
बिल भरपाई मिलाउने, बजारमा छन ।।

मिलाएर बजेट खर्च गर्न सक्ने, कारमा छन
सोझा जनता जति सबै, मारमा छन ।
खेतीयोग्य जमिन सबै बाझो रहीसक्यो
किसानका छोरा जती सबै, कतारमा छन।।

कार्याकर्ता आफनै पार्टीको, घारमा छन
गरीब जनता जीवन मरणको, धारमा छन ।
देश बिकासको कुरा को संग गर्नु यहाँ
पार्टी जति सरकार बनाउन, जित हारमा छन ।।

कोहि कुरा नबुझी अझै, हतियारमा छन
नेता संगै हिन्ने हनुमान जती, मतियारमा छन।
देश बिकास नभएको ज़िम्मा एक्लैको हुदैन
पक्ष बिपक्ष कर्मचारी जनता सबै अँसियारमा छन।।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly