बनेपा / यहि जेठ १९ गते हुने काभ्रे उद्योग वाणिज्य संघको ४२ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा अध्यक्ष पदका लागी प्रताप बैद्यले उम्मेदवारी दिनुभएको छ । संघका वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका बैद्यले निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गराउनु भएको हो । उम्मेदवारी  घोषण गरेपछि बैद्यले आफ्नो चुनाबी प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन्  ।

बैद्यको प्रतिबद्धता पत्र पुर्णपाठ सहित

१) अरनिको राजमार्ग विस्तारले गर्दा व्यवसायीहरुलाई पर्ने समस्याको समाधानका लागी सरोकारवाला निकायसंग समन्वय गरी काम गर्ने।

२) बजार अनुगमनामा उद्योग वाणिज्य संघको अनिवार्य सहभागीता सँगै प्रभावकारी ढंगले अनुगमन अगाडी बढाउने ।

३) युवा तथा महिला उद्यमीलाई आवश्यक तालिम प्रदान गरी सक्षम उद्यमी बनाउने र स्वरोजगार बनाउने ।

४) सुरक्षित ब्यवसायको लागी सिसि क्यामेरा जडान गर्ने र भएकालाई मर्मत र सुचारु राख्ने ।

५) नेपाल कृषि प्रधान देश भएकाले हामी कहाँ उत्पादन भएका कृषि सामाग्रीलाई जोड दिँदै उत्पादन सँगसँगै बजारको सुनिश्चितता गर्ने ।

६) अन्य चेम्बर अफ कमर्स, सरकारी एजेन्सीहरू, स्थानीय, प्रदेश र केन्द्र सरकार संगै सामुदायिक संघसंस्थाहरूसँगको सहकार्यलाई प्राथमिकता दिँदै स्थानीय व्यवसायीहरूको लागि थप अवसरहरू सिर्जना गर्न स्रोतहरू पहिचान गर्ने।

७) राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्यापारिक मेला महोत्सवमा स्थानीय व्यवसायी र उत्पादनलाई समावेस गराउन पहल गर्ने।

८) व्यापार – व्यवसाय संचालनका निम्ति बैङ्किङ कार्यका लागि सहजीकरण गर्ने।

९) कर र मिसम्यासको समस्या समाधानका लागि अहोरात्र समय दिने ।

१०) बन्द रहेका उद्योगहरुलाई संञ्चालन गर्ने बातावरण तयार गर्न पहल गर्ने ।

११) सदैव ब्यवसायीक हक हितको लागी मात्रै काम गर्ने ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….