राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता आज

काठमाडौं,
पुस २३ ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत बुधबार उम्मेदवारी दर्ता हुँदै छ । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने छ । आगामी फागुन २० देखि राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदै छ ।

बिज्ञापन

पदावधि सकिने एक महिना अघि निर्वाचन गर्नुपर्ने प्रावधान अन्तर्गत निर्वाचन हुन लागेको हो । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । उक्त मनोनयन दर्ता प्रदेश-प्रदेशमा हुने छ ।

राष्ट्रियसभामा एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, जसपा नेपाल र लोसपा नेपालका समान एक-एक र एक स्थान मनोनीतको कोटा रिक्त हुन लागेको हो । रिक्त १८ स्थानका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।