रोशी । रोशीका सरकारसँग बिद्यार्थी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोशी गाउँपालिका वडा नं. ७ मा अवस्थित रोशी माध्यामिक विद्यालयको आयोजनामा सरकारसँग बिद्यार्थी कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रबार रोशी माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा तथा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्र्तक्रियामा बिद्यार्थीहरूले रोशी सरकारका लागि बिभिन्न प्रश्नहरू गरेका थिए । विद्यार्थीहरूको प्रश्नको जवाफ रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ र वडा नं. ७ का वडाध्यक्ष अशोक गौतमले दिएका थिए ।
स्थानीय सरकारसँग बिद्यार्थी अन्र्तक्रिया कार्यक्रम पहिलोपटक आयोजना गरेकोमा विद्यालयलाई गाउँपालिका अध्यक्ष लामाले धन्यवाद व्यक्त गरे । बिकासको पहिलो आधार शिक्षा भएकाले गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको उनको भनाई छ । आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम गर्दै जान लामाले आग्रह गरे । ‘जनमानसमा सामुदायिक विद्यालयहरूले क्रिएटिभ क्रियाकलाप र कार्यक्रम गर्दैनन् । सामुदायिक विद्यालयको गुणस्तर राम्रो हुदैन भन्ने एक खालको धारणलाई यस कार्यक्रमले चिर्न सफल भएको छ ।’ गाउँपालिका अध्यक्ष दिनेश लामाले भने, ‘सामुदायिक विद्यालयका शिक्षकहरूले चाह्यो भने गर्न सक्छन् भन्ने यो उदाहरण बनेको छ यसरी नै अगाडी बढ्नुहोला ।’ शिक्षाको क्षेत्रमा पालिकाले गर्न सक्ने कुराहरू पालिकाले गर्ने र नसक्ने कुराहरू प्रदेश सरकार र संघीय सरकारसँग पहल गर्ने लामाले बताए ।
गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले शिक्षालाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको बताए ।
सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले शिक्षाको नीतिगत कामहरू जनप्रतिनिधिले गर्ने र प्रशासनिक काम कर्मचारीले गर्ने बताए । शिक्षाको क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार मिलेर गर्ने र विद्यालय पनि एक खालको सरकार भएकाले सबै एक आपसमा मिलेर अगाडी बढ्नुपर्ने उनको भनाई छ ।
रोशी-७ का वडाध्यक्ष अशोक गौतमले गुणस्तरीय शिक्षाका लागि वडाकार्यालयबाट हुने कुनै पनि सहयोग बाँकी नराख्ने बताए ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य गौरव मोक्तान, प्रमोद उप्रेती, प्रधानाध्यापक रामशरण सिग्देल लगायत शिक्षक बिद्यार्थीहरूको उपस्थिती रहेका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..