निजी विद्यालयहरुकाे छाता संगठन नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्रि स्कुल शिक्षकको स्तर बढे मात्र स्कुलले प्रगति गर्न सक्ने बताएका छन् ।

एन प्याब्सन भक्तपुरले अाफ्ना सदस्य विद्यालयहरुका प्रि शिक्षकहरुको पेशागत क्षमता एवं व्यक्तित्व विकास गर्ने उदेश्यले अायाेजना गरेकाे अभिमुखिकरण कार्यक्रममा अध्यक्ष खड्काले साे कुरा बताएका हुन् ।

मदरल्याण्ड स्कुल सुर्यविनायक भातेढिकुरका संचालक/प्रिन्सिपल समेत रहेका अध्यक्ष खड्काले स्कुलका शिक्षकहरुको स्तर बढे मात्र स्कुलले प्रगति गर्न सक्छ भन्दै मंसिरमा राम्रो धान फलाउन असारमा धान रोपेर उचीत मलजल र गोडमेल गर्नु परे जस्तै शिक्षकहरुको लागि पनि निरन्तर क्षमता अविवृद्धिका कार्यक्रम गर्नु पर्ने बताए । खड्काले निजी विद्यालयको स्तरोन्नति भए मात्र शिक्षकहरुलाई पनि प्रोत्साहन सुविधाहरु दिन सकिने भएकाले पूर्व प्राथमिकका शिक्षकहरु नै स्कुलको शैक्षिक जग भएकाले परिस्कृत रुपमा आफ्नो विद्यालयमा कार्य गर्न हौसला दिएका थिए ।

मन्टेश्वरीको बोर्ड र प्ले स्टेसन हुँदैमा राम्रो इसिडी तथा प्रिस्कुल नहुने भएकाले निरन्तर तालिम र शिक्षकहरुलाई पूनर्ताजगी प्रदान गरी शैक्षिक प्रवर्द्धनका लागि फिनिक्स मन्टेश्वरीसँग सहकार्य गरिएको अध्यक्ष खड्काले बताए । पूर्व प्राथमिक तहका शिक्षकहरुको क्षमता विकास गर्न र शिक्षालाई गुणस्तरीय बनाउन आयोजित अभिमुखीकरण कार्यक्रममा फिनिक्स मन्टेश्वरीकी संचालिका एवं प्रशिक्षकद्वय रीता घिमिरे तिमिल्सिना र रीता आचार्यले सहजीकरण गरेका थिए ।

नेशनल प्याब्सन भक्तपुर र फिनिक्स मन्टेश्वरी तालिम सेन्टर कुमारीपाटीबीच सहकार्य गर्ने सम्झौता भएकोले विद्यालयलाई मजबुत बनाउन फिनिक्स मन्टेश्वरीले शिक्षकहरुलाई तालिम दिने, अभिभावक शिक्षा सञ्चालन गर्ने र आवश्यक शैक्षिक परामर्श समेत दिने लगाएतका सम्पूर्ण कार्यमा सघाउने भएको छ ।

शिक्षकहरुको पेशागत क्षमता एवं व्यक्तित्व विकास गर्ने उदेश्यले संचालित अभिमुखीकरण कार्यक्रममा सदस्य विद्यालयका १४६ जना शिक्षक सहभागी थिए । यही चैतदेखि अाफ्ना सदस्य विद्यालयहरुमा पुर्व प्राथमिक तह स्तराेन्नती कार्यक्रम सुरु भइसकेको समेत अध्यक्ष खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.