काभ्रेपलान्चोक –  जिल्लाको धुलिखेल नगरपालिका वडा न ११ डाडागाउमा छ्योर्तेन निर्माण सप्पन्न भएको छ । इमान्दार उपभोक्ता समितीले सानो सहयोगमै काम गर्न सक्छन् भन्ने उदाहरण बनेका छन्  ।

तामाङ समुदाय र बाम्हण समुदायसँगै मिलेर बस्दै एकअर्काप्रति उच्च सम्मान गर्ने धुलिखेल ११ डाडा गाउँमा बागमती प्रदेश सरकारको १० लाख सहयोगमा उपभोक्ता समितीले थेग्छेन ज्याम्पालिङ छ्योर्तेन गोन्पो निर्माण गरिएको हो ।
शनिबार बागमती प्रदेश सभाका सदस्य माननीय चन्द्र लामाको प्रमुख आथित्यमा एक औपचारिक कार्यक्रममा छ्योर्तेनको समुद्घाटन भएको छ ।  जनताको प्रतिनिधि भएकोले सबैखाले बिकास निर्माण कार्यहरूमा सधै पहल लिएर निरन्तर जनताकै साथमा रहेको लामाले बताए । प्रदेश सरकार बाट धेरै भन्दा धेरै बिकास योजानहरु ल्याएर अहिले धेरै जसो योजनाहरु निर्माणकै चरणमा रहेको प्रदेश सांसद लामाले कार्यक्रम बताए ।

धुलिखेल ११ मा निर्माण सम्पन्न भएको छ्योर्तेनको लागि स्थानीय हरुको मागानुसार आवश्यक रकम सांसद लामाकै पहलमा प्रदेश सरकारले बिनियोजन गएइएको हो । उपभोक्ता समितिका अध्यक्ष नारायण लामाले सबै सहयोगीहरुको पहलमा छिटै छ्योर्तेन निर्माण गरि सम्पन्न भएको बताए । गाउको माग अनुसार प्रदेश सांसद लामाले बजेट ल्याएर बिकास निर्माणमा सधै जनताको साथमा रहेको छ भन्ने पुष्टि गर्ने एक अधार यो छ्योर्तेन भएको निर्माण समितिको अध्यक्ष लामाले बताए ।

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो