बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा १५ दिने मेकअप तालिम सुरु भएको छ । वडाको महिलाहरु लाई सीप सिकौं आत्मा निर्भर बनौ भन्ने मुल उदेश्यको साथमा १५ दिने मेकअप तालिम दिइएको हो । महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले २५ जना महिलाहरुलाई उक्त तालिम प्रदान गरिने भएको छ।

बनेपा नगरपालिका वडा नं. ९ को आर्थिक सहयोग तथा रन्जल व्युटी एण्ड मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा स्वरोजगार महिलाहरुको सिप तथा दक्षता अभिवृद्धि लागी १५ दिने मेकअप तालिम सुभारम्भ भएको छ ।

कार्यक्रममा बोल्दै कार्यवाहक वडा अध्यक्ष मनिषा तामाङले महिलाहरुको आत्मविश्वासमा अभिवृद्धि गर्ने हेतुले, तालिमबाट सिकेका कुरा आर्थिक उत्पादनमा लगाउन सहयोग पु¥यउन मर्दत गर्ने बताउनु भयो ।

महिलाहरुलाई व्युटिसियन तथा रन्जल व्युटी एण्ड मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टरको प्रोपराइटर रन्जना लामा तामाङले मेकअप संम्बन्धी तालिम दिनु हुनेछ।

मेकअप सिकेपछि घरका सदस्यहरुको समेत मेकअप गर्न सकिने र आफूले पनि पार्लर धाउनु नपर्ने भएकाले अहिलेको पुस्ता मेकअप सिक्न लालायित रहेको तामाङको भनाइ छ । तामाङको अनुसार १५ दिन मेकअप सिक्ने हो भने सधैँका लागि हुन्छ । आफै मेकअप गर्न जानियो भने पैसा र समयसमेत बचत हुने तामाङ बताउँछन् ।
कार्यक्रममा वडा सचीव उमेश सिल्पकार, सदस्य गणेश सापकोटा, शोभा मिजार, रमेश शाही लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..