चौरीदेउराली गाउँपालिका स्थित देउराली माध्यमिक विद्यालयले विविध कार्यक्रम सहित हीरक जयन्ती मनाएको छ । विद्यालयको ७५ औं (हीरक) स्थापना दिवस विविध सांस्कृतिक कार्यक्रम गर्दै मनाइएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशरण खरेलको सभापतित्व रहेको थियो भने चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक कमान पहरीले राखेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौंलागाईले विद्यालयहरु भौतिक रुपमा सुविधा सम्पन्न बनेको बताइन् । तर बसाईसराइका कारण कतिपय विद्यालय विद्यार्थी नै नहुने अवस्थामा पुगेको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् ।

पुर्वाधार निर्माण, खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा पालिकाका विद्यालयमा उल्लेख्य प्रगती भएको उनको भनाई थियो । शहरी क्षेत्रका महंगो विद्यालयको भन्दा राम्रो शिक्षा गाउँका सामुदायिक विद्यालयले प्रदान गरिरहेको अध्यक्ष चौंलागाँईले बताइन् ।

कार्यक्रममा चौरीदेउराली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानदास लामा, शिक्षा शाखा प्रमुख काली प्रसाद पाण्डे, चौरीदेउराली गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष धन बहादुर तामाङ, ९ का वडा अध्यक्ष राम बहादुर लामा, नेकपा एमाले चौरिदेउराली गाउँपालिका कमिटी अध्यक्ष बलराम ढुंगाना, नेपाली कांग्रेसका पालिका सभापति , देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक कमान पहरीले शिक्षा क्षेत्रमा भइरहेका कामको जानकारी दिँदै आगामी योजनाका लागि सुझाव दिएका थिए ।

कार्यक्रममा चर्चित कार्यक्रम इन्द्रेणीका गायक युवराज चौलागाईं, चर्चित गायिका प्रतिमा अर्याल, चर्चित बाल गायिका आयुशा गौतम लगायतको प्रस्तुति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..