व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो समाचार पनि सुनिएला । अर्थ लाभका अवसर आउने छन् । तीर्थ व्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । दिन सामन्य नै रहला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । दिन सामान्य नै छ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज आर्थिक संकट पनि आउनेछ । लेनदेनमा विबाद पनि बढ्नेछ । घरायसी समस्या पनि आउला । पढाइ लेखाइमा ध्यान दिन नसकिएला । साथै, रुपैँया पैसाको पनि नाश हुने दिन छ, विचार गर्नुहोला । मित्र बनेर धोका दिनेहरु प्रशस्तै हुनेछन् । साथै, अर्थको पनि हानी हुने दिन छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नुपर्ला । समयको बचत कम हुने दिन छ । नोकरी तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । पैसा लेनदेनको काम पनि होला । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । व्यापारमा मनग्ये धन लाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
लेनदेनको समस्याले सताउनेछ । शत्रु पनि बढ्ने छन् । ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । तर, ब्यापारमा भने फाइदै होला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाइमा सुधार आउने योग छ । कुरा काट्नेहरु प्रशंसक बन्ने छन् । जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । काममा समस्याको सामाना गर्नु पर्ला । गलत लेनदेनमा समस्या आउन सक्ने छ । जागिरमा सम्मान पाइनेछ । व्यापारमा गरेको लगानी सन्तोस प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने छ । त्यसै त्यसै मन हर्षित भएर आउनेछ । बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ । आयआर्जनको स्रोत फेला पर्ला । सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिंदैन । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय राम्रो भएपनि आज खर्च बढ्ने, विबाद बढ्ने तथा शत्रुले सताउने योग छ, सावधान रहनु होला । खर्च बढ्ने, गलत विचार बढ्ने, विबाद बढ्ने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको पनि नाश हुन दिने छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठन पाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेम सम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्ने, अरुको विश्वास आफुतिर रहने, आफन्तहरुको उचित सहयोग मिल्ने छ । पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..