

काठमाडौं – ठमेल र महाराजगञ्ज क्षेत्रबाट प्रहरीले गुण्डा नाइके चक्रे मिलनसहित केहीलाई पक्राउ गरेको छ ।


काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको सादा पोशाकमा खटिएको टोलीले संयुक्तरूपमा अप्रेसन गर्दै उनीहरुलाई पक्राउ गरेको हो । बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको टोलीले २ दिनदेखि जन्मदिन मनाइ रहेका मिलनसहित केहीलाई पक्राउ गरेकाे हाे ।
बिज्ञापन



प्रहरीका अनुसार ‘चक्रे मिलन’को जन्मदिनको पार्टीमा विभिन्न अपराधमा संलग्न समूहका व्यक्तिहरु भेला भएको सूचना पाएपछि रातभरि निगरानी गर्दै सर्च गरेको थियो । प्रहरीले ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङलाई पनि बुधबार राति पक्राउ गरेको थियो ।
