काभ्रेपलाञ्चोक – २०४६ सालमा चौरीदेउराली गाउँपालिका वडा नं.६ कार्तिके देउरालीमा जन्मुभएको बलराम ढुंगाना आजभोली व्यवसायको साथसाथै राजनितिमा सक्रिय हुनुहुन्छ  । उहाँले प्रभा मावि. बाट कक्षा ९ मा अध्ययन गर्दे गर्दा अनेरास्ववियु बाट राजनितिक यात्राको सुरुवात गर्नु थियो । काठमाडौको डिलिजनार स्थित विजय मेमोरियल स्कूल÷कलेज मा २०६५ सालमा स्ववियु सभापति हुदै २०६९ सालमा चौरी देउराली गाउँपालिकाको वडा नं.६ को वडा कमिटी सचिवमा रहेर काम गर्नु भयो । त्यसपछि २०७२ सालमा फेरी वडा कमिटी सचिव भएर काम गर्नु भयो । त्यस लगतै २०७८ सालमा चौरी देउराली गाउँपालिकाको सचिव भएर काम गर्नु भयो । २०७८ पछि निरन्तर नेकपा एमाले चौरी देउराली गा.पा. सचिव भएर दुई वटा निर्वाचन गराउन सफल हुनुभयो । २०७७ सालमा युवा सोरोजगार कोष काभ्रेको जिल्ला असल उपसभापति सदस्य भएर काम गर्नु भएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनमा रहेर पनि काम गरेको लामो अनुभव रहेको वताउनुभयो । २०६९ सालमा जागिरको शिलसिलामा भुम्लु गाउँपालिका वडा नं.४ चौवासको सेतीदेवी मा.वि.मा शिक्षक पेशामा रहेर शिक्षा क्षेत्रमा समेत योगदान दिनुभएको छ । त्यसपछि निर्माण व्यवसायीको रुपमा उहाँलाई हालसम्म पनि देख्न सकिन्छ । ढुंगानाले भुकम्प र महामारी भएको अवस्थामा चौरी देउराली गाउँपालिकाका स्थानिय बासिन्दाहरुलाई स्वस्थ्य सामाग्री खाद्यान्न समेत सहयोग गर्नु भएको थियो । प्रस्तुत छ नव क्षितिज साप्ताहिकका लागि अरविन्द्र गौतमले युवा नेता तथा व्यवसायी बलराम ढुंगानासँग गरेको समसामाहिक कुराकानी  

० आज भोलि केमा त्यस हुनुहुन्छ ?
२०७९ सालमा सम्पन्न स्थानिय निर्वाचन, प्रदेश र संघिय निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारहरु लाई जिताउनको लागि हामी अहोरात्र मैदानमा नै थियौँ । चौरी देउरालीको पार्टी कमिटीलाई पूर्ण रुपमा परिचालन गरी हाम्रा उम्मेवारहरुलाई जिताउन दिन रात नभनि लागेका थियौँ । नेकपा एमालेका उम्मेदवारहरु लाई केही मत नपुगेर जिताउन नसके पनि जनताले नेकपा एमालेलाई माया गरी उत्कृष्ट मत प्रदान गर्नु भएको थियो । यसरी हामीले दुई वटा निर्वाचन गराउन सफल भयौ । पछिल्लो समय विभिन्न राजनितिक कार्यक्रमको साथसाथै आफ्नो व्यवसायमा पनि व्यस्त छु ।

० व्यवसायको साथसाथै राजनितिमा सक्रिय हुनुहुन्छ ? अबको तपाईको लक्ष्य के ?
तपाईले कुन सन्दर्भमा यो प्रश्न गर्नु भयो । चौरी देउराली पार्टी कमिटीले चौरी देउराली गाउँपालिकामा रहेको सबै वडा कमिटीहरुलाई पूर्ण सक्रिय र परिचालन गरेका छौ । अर्काे कुरा भन्ने हो भने मेरै सन्दर्भमा विगत लामो समय देखि नेकपा एकालेमा रहेर काम गर्दे आएको सबै लाई जानकारी नै छ । भुकम्प होस या महामारीको अवस्थामा राज्यलाई आइपरेका समस्यमा सकेको सहयोग गर्दे आएको चौरी देउरालीका स्थानिय बासिन्दाहरुलाई थाहा नै छ । चौरी देउरालीका ९ वटा वडाका जनताहरुको समस्यहरुको बारेमा पूर्ण जानकार नै छु । भुगोल, जतजाति, धर्मसंस्कृती रितिरिवाज परम्पराको बारेमा पूर्ण थाहा छ र जनतामा गएर काम गरेको छु । भोलि हाम्रो पार्टी नेकपा एकालेले मलाई आफ्नो क्षमता, दक्षता, योग्यता, अनुभवको आधारमा कुनै पनि जिम्मेवारी दिन्छ भने त्यसको लागी म पछाडी हटदिन । म जुन सुकै जिम्मेवारी लिन पनि तयार छु ।
० चौरी देउराली पार्टी कमिटीले स्थानिय तह प्रदेश सभा र प्रतिनिधि सभालाई कतिको खवरदारी गरेको छ ?

 

 

० चौरी देउराली गाउँपालिका कमिटीको सचिव हुनुहुन्छ ? कमिटि कतिको सक्रिय छ ?
स्थानिय निर्वाचनमा जति सक्रिय थियो । प्रदेश र प्रतिनिधि सभामा उत्तिकै सक्रिय थियो । हाल हामी हाम्रो पार्टी चौरी देउराली गा.पा. को सम्बृद्धिको लागि हरेक क्षण हरेक पल जनताको आवाज र आवश्यकतालाई मध्यनजर गर्दै जनजिविकाको सवालमा आवाज उठाउदै आएको छ । गा.पा. अध्यक्षतामा हाम्रो पार्टीको नभएका कारण हामी सम्पूर्ण चौरी देउराली जनताको आवाज बनेर खवरदारी गरिरहेका छौ । यो नै हाम्रो पार्टीको सक्रियता हो ।

० स्थानिय तहमा विकास निर्माणको काम कतिको भएको देख्नु हुन्छ ?
स्थानिय सरकार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले नेतृत्व गरिरहेको छ । नेकपा एमाले हाम्रो पार्टी प्रतिपक्षमा रहेको छ । हालको स्थानिय सरकार नियमित काम चलाउ सरकार जस्तो देखिएको छ । जनताको जिववस्तर उकास्ने रोजगारी सिर्जना गर्ने, चौरी देउराली गाउँपालिकामा वाझा रहेका जमिनहरुलाई उत्पादन सँग जोड्ने, सडक, शिक्षा, स्वस्थ्य, खानेपानी लगायतका काममा खासै केही उन्नती भएको देखिदैन र गाउँपालिकाको स्पष्ट कार्ययोजना पनि नभएको देखिन्छ । गाउँपालिकालाई समुन्नत र आत्मा निर्भर बनाउनको लागि कार्य योजना बनाएर काम गरेको देखिदैन ।

० विकास निर्माणको कार्यमा नेकपा एमाले चौरी देउराली गाउँपालिका कमिटीले खासै खवरदारी गरेको देखिदैननी किन ?
काठमाडौ राजधानी बाट अलि टाडा भएको कारण मिडियाहरु गाउँपालिका सम्म पुग्न सकेका छैनन् । हामीले निरन्तर खवरदारी गरेको छौ । हाम्रो कुरा मिडियामा नआएको मात्रै हो । तपाई आफै गाउँपालिकामा गएर हेर्नुहोस । हामीले कतिको खवरदारी गरेका छौ । सडक, स्वास्थ्य, शिक्षा, खानेपानी क्षेत्रमा हामीले खवरदारी गरेर अथवा हाम्रो पहलमा भएका कामहरु हुन । तपाई भन्नु हुन्छ । खवरदारी खासै भएन भनेर कुन क्षेत्रमा भएन । सबै क्षेत्रमा हामीले खवरदारी गरिरहेका छौ ? हाम्रो कुराहरु मिडियामा नआएका हुन् तपाईहरु गएर कभरेज गदिनुहोस् । सबै जनताले हर्न पाउने छन् ।

० चौरी देउरालीका जनता मुख्य गरी कृषिमा आधारित छन् ? हाल मलको अभाव छ ? खोई जनताको समस्या समाधान गर्न सक्नु भएको नेकपा एमाले पार्टी कमिटी के हेरेर बसेको छ ?
हाम्रो पार्टी हाल स्थानिय सरकारमा छैन । तैपनि जनताको समस्या समाधानको निम्ति हाम्रो पार्टीले स्थानिय सरकार लाई जनताको समस्या समाधानको लागि धेरै पटक ध्यानाकर्षण गरायौँ । यो हाल राष्ट्रिय समस्या पनि रहेको छ । संघिय सरकार हाम्रो पाटीको समर्थनमा बनको छ । त्यसकारण अव छिटै यसको समाधान हुनेछ ।

० आगामी तपाईको योजना के ?
पार्टी संगठन लाई मजबुद बनाउन निरन्तर लागि रहने विकास निर्माणको कामहरु लाई तिव्रता दिन स्थानिय सरकार लाई खवरदारी गर्ने, संघिय सरकार बाट चौरी देउराली गाउँपालिकामा सडक र कृषिका लागि बजेट लान पहल गर्ने योजना रहेको छ ।

० अन्तमा के भन्न चाहानु हुन्छ ?
चौरी देउराली गाउँपालिकाको समस्त विकास, समस्याहरुको कुरा तपाईको लोकप्रिय पत्रिकामा राख्ने मौका दिनु भएकोमा तपाई लगायत तपाईको मिडिया लाई धेरै धेरै धन्यवाद ।

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..