बनेपा – काभ्रे जिल्लामा नै पहिलो पटक महिला उपभोक्त समिती गठन गरि गरिएको पिच शनिबार रिवन काटेर उद्घाटन गरिएको छ ।
बनेपा नगरपालिका वडा नं. ८ इट्टा भट्टा नीर सुमाङाल भि.आई.पि शान्ति मार्ग उपभोक्त समिति गठन गरि १३ लाख दश हजार दुई सय ७५ रुपैयामा एक सय मिटर माथी रोड पिच गरिएको थियो उक्त पिच रोड बनेपा नगरपालिका नगर उप-प्रमुख बिमला सापकोटाले रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
बनेपा नगरपालिका बाट दश लाख, जनसहभागिता बाट एक लाख ८० हजार र ढल व्यवस्थापनको १ लाख ३० हजार गरि १३ लाख दश हजार दुई सय ७५ रुपैयामा एक सय मिटर माथी रोड पिच गरिएको छ । महिला उपभोक्ता समिति मार्फत सडक ढल निर्माण, सोलिङ, तथा नाली निर्माण गरिएको थियो ।
नेकपा एमाले बनेपा नगर कमिटी उपाध्यक्ष नवराज मानन्धरको विशेष पहलमा उक्त रोड पिच गरिएको उपभोक्त समितिका अध्यक्ष रिता खड्काले बताइन् । सुरुका दिनमा काम गर्ने केही असहज भए पनि निरन्तर काम गरेर समय अवधिमै योजना सम्पन्न गरेको अध्यक्ष खड्काले बताइन् ।
महिला मात्र भएको उपभोक्ता समितिमार्फत सञ्चालन भएका योजना अन्य भन्दा प्रभावकारीसमेत भएको बनेपा नगर उप-प्रमुख बिमला सापकोटाले बताउनु भयो । महिलाहरुले इमानदारीपूर्वक काम गर्छन भन्ने कुराको प्रमाण महिलाले नेतृत्व गरेको उपभोक्ता समितिले प्रमाणित गरेको बताउनु भयो ।
घरका चुलो चौको र घरयासी काममा मात्र सीमित हुने महिलालाई विकास निर्माणमा सहभागिता गराइएको नेकपा एमाले बनेपा नगर कमिटी उपाध्यक्ष नवराज मानन्धरले बताउनु भयो । ‘हाम्रो समाजमा महिलाहरुले राम्रो काम गर्न सक्दैनन् भन्ने भ्रम छ’, मानन्धरले भन्नू भयो, ‘तर महिलाहरुले नेतृत्व गरेको उपभोक्ता समितिले पुरुषको भन्दा राम्रो काम गरेको पाएको छु ।’
सुमाङाल भि.आई.पि शान्ति मार्ग उपभोक्त समितिमा पदाधिकारी देखि लिएर सदस्यहरु महिला रहेका छन् । अध्यक्षमा रिता खड्का, सचीव प्रेरणा बोगटी, काेषाध्यक्ष सर्जना श्रेष्ठ, सदस्यहरुमा सलिना लामा, जोगमाया लामा, सीता तामाङ, अनिता बि.क लगायत समितिमा रहेका थिए । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य कुमार तिमल्सिना, नेकपा एमाले बनेपा नगरपालिका वडा नं. ७,८,९ को युवा नेता, स्थानीय लगायतको उपस्थितिमा आज रोड उद्घाटन गरिएको थियो ।