‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ शुरु भएको ‘झुलाघाट चिवा भञ्ज्याङ ,समृद्धिका लागि सङ्कल्प यात्रा’ मा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेताहरू सहभागी छन् ।
उक्त यात्राको निरन्तरताको क्रममा मंसिर २४ गते विहान नुवाकोटबाट हिंडेको अभियान्ता टोली साँझपख काभ्रेको मण्डनदेउपु स्थित कुन्तावेसी आइपुगेको हो । १२ बजेदेखि प्रतिक्षारत जनताहरु के.पी. ओली सहितको एमाले नेतृत्वलाई स्वागत गर्न लालयित थियो । १० औं हजार जनताको पर्खाइको सपना साँझ ५ ०० बजेसम्मको लागि धकेलिएको थियो ।
कुन्तावेसीको डेडीथुम्का प्राङ्गण परिसरमा भएको जनसभा साँझ ७ बजेतिर सम्पन्न भएको थियो । संयोगले त्यसैदनि बेलुकी बत्ती बाल्ने र भोलीपल्ट विहान सतबीज छर्ने औंसी समेत परेकोले त्यहाँ केहि बेरको लागि अस्तब्यस्तता हुनु र केहि फोहोर हुनु स्वभाविकै थियोे । त्यस विषयमा स्थानीय पार्टीले सोच बनाइरहेको थियो ।
जसानुसार त्यसको ब्यवस्थापनको लागि नेकपा एमालेको भातृ संगठन ‘राष्ट्रिय युवा संघ नेपाल, मण्डनदेउपुर’ले २५ गते विहानै अभियान चलाएको हो । डेडीथुम्का र कश्यपेश्वर महादेव मन्दिर परिसर सरसफाई अभियान चलाएको युवा संघले हिजोको कार्यक्रम स्थाल चिरिच्याट्ट पारेकोे छ ।
सरसफाइकै क्रममा युवा विद्यार्थीहरुले मन्दिर आसपासको स्थानीय जनसमुदायलाई र हिजोको कार्यक्रम भब्य, सभ्य र घनिभूतको साथै ऐतिहासिक बनाउन सहयोग गरेका सम्पूर्ण महानुभावहरुलाई आपूmहरु मार्फत पार्टीको तर्फबाट समेत धन्यवाद दिएको राष्ट्रिय युवा संघ नेपाल मण्डनदेउपुरका अध्यक्ष सुमन ढकालले बताएका छन् ।