काभ्रेपलान्चोक – ग्लाेवल नेपालिज सेफ फेडेरेसनले कृषि कर्जा मेलामा आली देखी थाली सम्म सम्पन्न गरेको छ।
यहि चैत्र ९ गतेदेखि १२ सम्म भरतपुरकाे चितवन एक्सपाे सेन्टरमा भएकाे कृषि कर्जा मेलामा आली देखी थाली सम्म राेचक विषय वस्तुले स्थान पाएकाे थियाे ।
ग्लाेवल नेपालिज सेफ फेडेरेसनका केन्द्रीय अध्यक्ष भान्से लक्ष्मण प्रसाद भण्डारीले चितवन मा आली देखी थाली सम्म भन्ने कार्यक्रम मार्फत कृषकलाई उत्साह दिन तहलका पिट्दै चार दिन देखी चलीरहेको कृषि औजार मेलामा कुनै अन्तर्राष्ट्रीय पेयपदार्थ नराखी आफ्नै मौलीक गाेठ देखि अाेठ सम्म दहि, मही र सर्वत ,स्थानिय थारू जातीकाे खाना लाई प्रर्वधन गर्दै कार्यक्रम स्थललाई रौनक प्रदान गर्नु भएकाे थियाे ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैकका गभर्नर महा प्रसाद अधिकारीले निरिक्षणकाे क्रममा नेपाली रैथाने खानाले कृषकलाई पुर्णरूपले बजारिकरणमा सहयाेग पुग्ने विचार व्यक्त गर्नु भयाे । विभिन्न बैङ्का बैकर कृषी सचिव ठुला -ठुला ब्यपारी पनी अचम्म पर्नु भएको छ।
आली देखि थाली सम्म काे परिकारहरू
( गुन्द्रुक को अचार + गोलभेडा को अचार + मुला केरु को अचार + मकै फापर ढ़ेडो +भात +सलाद + मोही +खिर + तरकारी + साग झानेको + रोजेको मासु ) पेट पुजा दाल केराकाे म:म: ,केराकाे बुङ्गाकाे अचार,भात तरकारी ,
हिमाल तराई नेपाली खसी खाना चितवनको कुखुरो खाना
कुखुराको झोल
खसीको झोल
दहि चम्सुर को खिर
गुल्मीको ढकनी
जहाँ जान्छौ मोमो खान्छौ तब मात्र हामी नेपाली हुन्छौ
भारतपुर् केराको मोमो भांग को चट्नी
राँगो को मोमो तिल बदाम लोप्सीको झोल अचार
टाँडी को भालेको मोमो टिमुर गोलभेडा को अचार
सम्म बिदेशी प्युदा सुगर ले ढाल्यो , दुध दहि प्युदा शरीर नै लग्यो !
आँप मोही
जीरा मोही
गुलियो मोही
गुलियो लस्सी र
केरा को लस्सी
कागती पानी
फुल्की र
दहि आलु टिक्की चाट
पप्डी चाट रु १३०
घुंगी
ढीक्री
बरिय
आली देखि थाली सम्म
फापर रोटि सेट
टाँडी को चिउरा सेट
खसी सेट
भाले सेट
( चुकौनि + रोटि अथवा चिउरा भुजा +अचार बदाम संदेको +सलाद + फुलौरा + रोजेको मासु ) साकाहारी चाऊमीन र
कुखुरा चाऊमीन खसी को तास लगायतका परिकारहरू पस्कियका थिए ।
“आली देखी थाली सम्म” पहिलो अध्याय हिजो समापन भए पनि यसलाई निरन्तर अगाडि बढाउने अध्यक्ष भण्डारीले बताउनु भयाे ।
यस कार्यक्रम लाई सफल बनाउन मुख्य भुमिका ग्लाेवल नेपालिज सेफ फेडेरेसन,सेफ्स एशाेसियसन अफ नेपाल चितवन शाखा, थ्रीस्टार मिट प्रा.ली चितवन , फस्ट च्वाइस मसाला ,अक्वा प्युस पानी ,हाेटल जंगल क्राउन सौराह , पैचो पसल , उद्योग बाणिज्य संघ चितवन , इभेन्ट संसार , इन्टरनेशनल स्कुल अफ होटल मेनेजमेंट चितवन , कृषी औजार व्यवसायी संघ अमिन फुडल्यान्ड रहेका थिए।
परिकार तयार पार्न सेफ कुमार लामा,थारू खाना तयार पार्न सहयाेग विनाेद महताेकाे समुहले अग्रहणि भुमिका निभायका थिए ।