काभ्रेपलान्चोक – रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको विवाहित महिलाको लागी नेपालको सबैभन्दा ठुलो प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनल नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखी मिसेस नेपाल वर्ल्डको रुपमा आयोजना हुन लागेको छ। सन् २०१९ मा मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोनाको महामारीका कारण स्थगीत हुन गएको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई मिसेस नेपाल वर्ल्ड को रूपमा आयोजन हुन लागेको भनी रिबन इन्टरटेनमेन्टद्वारा जारी प्रेस विज्ञप्तिमा जानकारी गराईएको छ। यस वर्ष मिसेस नेपाल वर्ल्डको पहिलो संस्करणको घोषणा संगै यस कार्यक्रमको बिजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्। यस वर्ष देखी रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मन्च बाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनल का साथै एम. एस. नेपाल इन्टरनेसनल गरी तीन बिजेताहरुको छनोट गर्ने छ। यसैगरी मिसेस इन्टरनेसनल नेपाल तथा एम. एस. नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल तथा एम. एस. इन्टरनेसनलमा सहभागिता जनाउने छिन।
यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ।
बिगतको वर्षहरुमा झैँ सामाजिक मुद्दा लाई आफ्नो कार्यक्रमको नारा तथा वर्षभरी विजेताले उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने हुँदा यस वर्षलाई मिसेस नेपालले ” क्यान्सर बिरुद्धको जनचेतना अभियानलाई ” वर्षको मुद्दा बनाएको छ।
यस अघि सम्पन्न मिसेस इन्टरनेसनलमा सबिता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले क्रमस: उपाधी जितेका थिए। मिसेस इन्टरनेसनलमा यस अघि नेपालबाट सुरुचि पाण्डे, एलाईजा महर्जन, चन्दा थापा गिरीका साथै स्नेहा थापाले प्रतिनिधित्व गर्दै विभिन्न उपाधीहरु जित्दै नेपाल र नेपालीको प्रतिष्ठा बढाएका छन्। मिसेस नेपाल इन्टरनेसनल २०१८ कि विजेता चन्दा थापा गिरीले मिसेस इन्टरनेसनलमा ” मिसेस एशिया प्यासिफिक २०१८ ” को ताज जित्न सफल भएकी थिईन। यसैगरि एम. यस. इन्टरनेसनलमा नेपालको तर्फ बाट संगीता बस्याल ले सहभागिता जनाएकी थिईन।
कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी तथा कार्यक्रमको तालिका छिट्टै नै प्रेस सम्मेलन आयोजना गरी जानकारी गराइने आयोजक संस्था रिबन इन्टरटेनमेन्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।