काभ्रेपलान्चोक – काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा जन्मनुभएको ताराबहादुर कुँवर सबैका लागि यति बेला प्रेरणाको श्रोत बन्नु भएको छ । उच्च बिचार र सालिन स्वभावको उहाँ काभ्रे जिल्लाको दुर्गम गाउँमा जन्मेर संघर्षका क्रममा काठमाडौं आउनु भएको थियो ।ताराबहादुर कुँवर एक चर्चित समाजसेवि पनि हुन । उनले गरेको समाजसेवा हाम्रो देशमा मात्रै नभएर बाहिर मुलुकमा पनि उतिकै चर्चामा रहेको छ । बाल्यकाल देखि नै समाजमा केही गर्नु पर्छ भन्ने सोच बिचार लिएर अगि बढेका ताराबहादुर कुँवर आज यो अवस्थामा आउँछु भन्ने लागेको थिएन उहाँले भन्नुभयो । सानो उमेर देखि नै संघर्ष गरेका उनले कहिल्यै पनि जीवनमा हार खाएनन् । हजुरलाई नमस्ते ट्रेड लिंकका निर्देशक ताराबहादुर कुँवरले आफ्नो यस व्यवसायलाई विभिन्न जिल्लामा समेत विस्तार गरेका छन ।

आज देखी नै भक्तपुरमा शाखा संचालनमा आएको छ । भक्तपुरको अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमिको एसएस चोक नजिकै बागमति पेट्रोल पम्पसँंगै हजुरलाई नमस्ते ट्रेड लिन्कको शाखा खोलिएको हो । शुक्रबार एक कार्यक्रम आयोजना गरी वरिष्ठ लोक दोहरी गायक वद्री पंगेनी, नेपाल निर्माण व्यवसायी महासंघका पूर्व महासचिव रामशरण देउजा, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ भक्तपुरका पूर्व अध्यक्ष राजाराम न्हिसुतू, नेपाल हेभी इक्विपमेन्ट मेकानिक संघका अध्यक्ष नेत्रबहादुर अधिकारी, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य मुकेश पन्तलगायतले उक्त शाखाको संयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो ।

भक्तपुर, काभ्रे, सिन्धुली, रामेछाप, चौतारा, मेलम्ची, चरिकोट, मन्थलीलगायतका पूर्व क्षेत्रका व्यवसायीहरुको सुविधाका लागि शाखा खोलिएको शाखा प्रमुख फाल्गुण कुँंवरले बताउनुभयो । हजुरलाई नमस्ते ट्रेड लिन्कले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट उक्त क्षेत्रका व्यवसायीहरुलाई अझ सरल र सहज तरिकाले सेवा सुविधाको थालनी दिने उनको भनाई छ । कार्यक्रममा हजुरलाई नमस्ते ट्रेड लिन्कका संचालक एवम् समाजसेवी ताराबहादुर कुँंवरले आगामी दिनमा हेटौडा, पोखरालगायतका ठाउँंमा पनि शाखा खोल्ने योजना रहेको बताउनुभयो । नाफा भन्दा पनि पूर्वका व्यवसायीहरुको सुविधाका लागि शाखा विस्तार गरिएको जानकारी दिदैं उनले शाखाबाट हेभी इक्विपमेन्ट डोजरका पार्टपूर्जाहरु विक्री गरिने बताए । हजुरलाई नमस्ते ट्रेड लिन्कको मुख्य कार्यालय काठमाडौंको बाफलमा रहेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..