रोटरी क्लब अफ काभ्रेको नेतृत्वमा केशव वडाल

काभ्रेपलान्चोक – २२ बर्षदेखि निरन्तर सामाजिक सेवामा कृयाशिल रहेको रोटरी क्लब अफ काभ्रे बनेपाको नेतृत्व युवा व्यवसायी केशवप्रसाद वडालले गर्नुहुने भएको छ । सन् २०२३/०२४ को प्रेसिन्डेट बन्नु भएको वडालले आफू कुरा गर्नेभन्दा पनि काम गरेर देखाउने भएकाले एक बर्षसम्म रोटरीले गर्नु पर्ने काम सामुहिक रुपमा गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो ।

रोटरी क्लब अफ काभ्रे बनेपाको २२औं पदस्थापन कार्यक्रममा बोल्दै उहाँले रोटरीको सिद्धान्तमा रहि सामाजिक कार्य गरी समाजमा योगदान पु¥याउने प्रतिवद्धता ब्यतm गर्नुभयो । उहाँले व्यक्त गर्नुभएको प्रतिवद्धतालाई कार्यक्रमका प्रमुख अतिथि रोटरी डिस्ट्रिक ३२९२ का डिजी राजेन्द्र ध्वजुले प्रशंसा समेत गर्नुभयो ।

बिज्ञापन

२०२२/२०२३ का अध्यक्ष दमन कुमार श्रेष्ठले २०२३/२०२४ का अध्यक्ष केशब प्रसाद बडाललाई रोटरीको लोगो प्रदान गरी पद हस्तान्तरण गर्नु भएको थियो । सोमबारको पदस्थापनाको कार्यक्रममा नयाँ छ जनाले सदस्यता प्राप्त गर्नुभयो ।

बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले हरित नगर बनाउने अभियानमा रोटरीले गरेको सहयोगको प्रंशसा गर्नुभयो लगायत रोटरी डिस्ट्रिकका पदाधिकारी, रोटरी क्लब अफ काभ्रे बनेपाका पूर्व अध्यक्ष एवं पदाधिकारी, बिभिन्न सामाजिक क्षेत्रका प्रतिनिधि, रोटरियनहरुको उल्लेख्य सहभागिता रहेको थियो । २२ वर्ष अघि स्थापना भएको रोटरी क्लब अफ काभ्रे बनेपामा ४४ जना सदस्य छन् ।