नमोबुद्ध नगरपालिका वडा नं. ७ मा न्यु फ्रेस मिट हाउस संचालनमा आउने भएको छ । काठमाडौंमा रहेको न्यु फ्रेस मिट हाउसको शाखा भकुण्डेमा पनि संचालनमा आएको हो । यहीँ शनिबार उक्त मिट हाउसको उद्घाटन गरिने संचालक रामहरि दाहालले जानकारी दिनु भयो ।

सफा पहाडे लोकल कुखुरा, बोइलर कुखुरा, प्यारेन्ट, अन्डा, टर्की, कालिज, माछा मासु सुपथ मुल्य भकुन्डेमा नै पाइने भएको छ ।

न्यु फ्रेस मिट हाउसमा स्वच्छ, स्वस्थ र सुपथ मुल्यमा मासु,माछा,जिउँदो माछा पाइनुको साथै भोज तथा अन्य समारोहको लागि अडरमा पनि उपलब्ध गराइने बताइएको छ । पसलमा हरेक दिन खसी कुखुराको साथै हरेक हप्ता कालिज र अष्ट्रिचको मासु पाइने छ ।

मिट हाउसले स्थानिय स्थरमा उत्पादन भएका खसी, बोका, कुखुरा खरिद गर्ने संचालक राम हरि दाहालले बताउनु भयो ।

 

 

थप जानकारीको लागि सम्पर्क

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र