मायालु लामा, काठमाडौं । पछिल्लो समय महिला हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले देशैभर विशेष अभियान सञ्चालन भईरहेको छ ।

नेपालमा महिलामाथि हुने हिंसा विरुद्धको अभियानको रुपमा यस अभियान संचालन हुँदै आएको छ । नेपालले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाउदै आइरहेको छ ।

यस्तैमा, मञ्जुश्री असाहय संरक्षण केन्द्र काठमाण्डौं शाखाले पनि लैङ्गकि हिसा विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार राष्ट्रिय महिला आयोगको हलमा भएको कार्यक्रममा प्रदेश नं १ का पूर्व सामाजिक विकासमन्त्री उषाकला राईले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्ने बताउँदै महिलामाथि हुने कुनैपनि खालका हिंसा स्वीकार्य नहुने बताईन् । यस्ता अभियानले घरघरमा शान्तिको दियो बाल्ने आशा गरेको बताउँदै उनले महिला हिंसाका घटनामा चुप लागेर नबस्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।                 

दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सरकारले नयाँ कार्यक्रम ल्याउनु पर्नेमा उनले जोड दिईन् । कार्यक्रममा शाखा अध्यक्ष मिना बस्नेतले हिंसा अन्त्यका लागि सञ्चार क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै आफू हिंसामा परेको जानकारी हुँदाहुँदै पनि महिलाहरूले बाध्य भएर हिंसा सहेर बस्नु पर्ने बाध्यता अझै रहेको बताईन् । कतिपय महिलालाई आफू हिंसामा परेपनि कसरी न्याय पाउँछु भन्ने बारेमा जानकारी नभएकाले हिंसा न्युनीकरणका लागि आगामी दिनमा सचेतना कार्यक्रमको आयोजना गर्नुपर्ने उनले बताईन्।

 

नेपालमा हरेक वर्ष विभिन्न कार्यक्रम गरी महिलामाथि हुने हिंसाविरुद्धको अभियान सञ्चालन गरिन्छ । मानवअधिकारवादी र महिलाअधिकारवादीहरुले यो अभियानको क्रममा विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरेपनि ती कार्यक्रमको प्रभाव खासै उपलब्धिमूलम भएको भने देखिएको छैन । त्यसैले, हिंसा अन्त्यका लागि प्रतिबद्ध भएर अभियान चलाउन आवश्यक देखिन्छ । महिला हिंसा अन्त्यका लागि महिला शसक्तिकरणको खाँचो रहेकाले महिला माथि हुने हिंसालाई घरबाट नै अन्त्य गर्न आवश्यक छ ।

पक्कै पनि महिला सशक्तीकरणका लागि हिंसाको अन्त्य हुन जरुरी छ । महिलामाथि हुने हिंसाको अन्त्यका लागि कानुनी व्यबस्था तथा कानुनी समानता मात्र प्रयाप्त हुंदैन, यसको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक रुपान्तरण हुनु पनि उत्तिकै आवश्यक छ । महिला र पुरुष एक सिक्काका दुई पाटा हुन एकको अभावमा अर्कोको कल्पनासम्म गर्न सकिँदैन ।

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..