

काठमाडौँ – नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्चविद्यालय, केन्द्रिय पुस्तकालयबीच ‘इ–लाइब्रेरी’ सेवा सञ्चालन कार्यको शुभारम्भ भएको छ ।



प्रहरी कर्मचारीहरुलाई दक्ष, व्यवसायिक र समय सापेक्ष रुपमा उत्कृष्ट बनाउने सन्दर्भमा प्रशिक्षण प्रदायक कार्यालयहरुको महत्त्वमाथि चर्चा गर्दै प्राप्त ज्ञानको आदान प्रदानले वौद्धिक प्रहरी जनशक्ति उत्पादनमा मद्दत पुग्ने बताउँदै उनले इ–लाइब्रेरी संचालनमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद समेत व्यक्त गरे ।






यस्तै त्रिभुवन विश्वविद्यालयका तर्फबाट त्रिभुवन विश्वविद्यालय, केन्द्रिय पुस्तकालयका निमित्त प्रमुख सागर सुवेदीले नेपाल प्रहरीसँग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै सम्पुर्णलाई इ–रिसोर्स हरुको अधिक्तम प्रयोग गर्न आग्रह गरे । त्रिभुवन विश्वविद्यालय, केन्द्रिय पुस्तकालयले रिमोट एक्ससेस सुविधासहित व्यवस्था गरेको ‘इ–लाइब्रेरी’मा लाखौंको संख्यामा अध्ययन सामाग्रीहरु रहेका, विश्वविद्यालयले खरिद गरेको ‘ईबीएससीओ होस्ट’, ‘प्रूक्वेस्ट डाटाबेस’ मा ई–पुस्तक, शोधपत्र तथा जर्नलहरु प्रयोग गर्न सकिने विषयमा जानकारी गराए ।
कार्यक्रमकै अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका ४८३ जना प्रहरी कर्मचारीहरु ‘इ–लाइब्रेरी’ सेवासँग आवद्ध हुनुका साथै उक्त सेवाको सदस्यता लिने क्रम जारी रहेको रहेको प्रतिष्ठानले जनाएको छ ।- हिमालय पोष्ट बाट