बनेपा – नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आयोजनामा सांस्कृतिक शाखाको अफिसियल फेशबुक पेज बाट संचालित बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता – २०८० को पुरस्कार वितरण एवं बधाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

जिल्लामा रहेका सम्पुर्ण प्रतिभाहरु सबै सामु ल्याउने उदेश्यले जिल्लामा नै पहिलो पटक बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता – २०८० संचालन भएको थियो । जसमा २४ जना प्रतियोगीहरुले बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा सुजेन मगर प्रथम, सुन्दर श्रेष्ठ दोश्रो र रियाशा तिमिल्सिना तेश्रो भएका छन् । पहिलो लाई दश हजार र ड्राइभिङ, दोस्रो लाई सात हजार र ड्राइभिङ, तेश्रो लाई पाँच हजार र ड्राइभिङ निशुल्क टिकट प्रदान गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामाले पुरस्कृत र सम्मानित हुनुहुने प्रतियोगीहरु र व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै विशेष अतिथि नेपाली कांग्रेस धुलिखेल नगर सभापति बिदुर बहादुर बस्नेतले आफु भित्रै प्रतिभा लुकाएर बसेका र अवसर नपाएका प्रतिभा भएका मानिसहरुका लागी यो सुनौलौ अवसर रहेकोे बताउनु भयो । यो कार्यक्रमले जिल्ला मात्र नभई भावि दिनमा यहाँ भित्र लुकेर रहेका प्रतिभाले पक्कै पनि प्रदेश हुदै राष्ट्रिय स्तर सम्म पनि प्रतिभा पहिचान कार्यक्रमले ठूलो टेवा पुग्ने बताउनु भयो ।

उता नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखा प्रमुख कार्यक्रमको सभापति रामकृष्ण पोखरेलले कार्यक्रममा प्रत्यक्ष- अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सहयोगीहरुलाई धन्यवाद दिदै जिल्लामा रहेका सम्पुर्ण उमेरका मानिसहरुमा रहेका प्रतिभाहरु एवंम सिर्जनशिलताको कदर गर्दे उनीहरुमा सकारात्मक, रचनात्मक र हामी पनि केही गर्न सक्छौ भन्ने क्षमताकोे विकास गर्ने उद्देश्यले कार्यक्रम गरेको बताउनु भयो ।

जिल्लामा रहेका सबै उमेर समुहका मानिसहरु भित्र लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्न बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आयोजनामा सांस्कृतिक शाखाको अफिसियल फेशबुक पेज बाट एक महिना संचालन भएको थियो ।

प्रतियोगितामा जसको धेरै लाइक कमेन्ट सियेर आएको थियो त्यो व्यक्ति लाई नै पहिलो, दोश्रो र तेस्रो बिजेता घोषणा गरिएको थियो । त्यो बाहेक अन्य सहभागीहरु मध्य बाट विभिन्न विधाहरुमा रहेर आकर्षक पुरस्कारहरु पनि वितरण गरिएको छ ।

नेपाली कांग्रेस धुलिखेल नगर सभापति बिदुर बहादुर बस्नेतको तर्फबाट प्रथम, दोश्रो र तेश्रो बिजेताहरु लाई निशुल्क ड्राइभिङ,सहभागी माध्यहरु बाट उत्कृष्ट अभिनय गर्ने दुई जना महिला र पुरुषलाई रामकृष्ण पोखरेल तथा अस्मिता अधिकारको स्वरमा रहेको गितमा अभिनय गर्ने मौका, सहभागी माध्यहरु बाट गायनमा उत्कृष्ट हुने १ जनालाई Octave Melody studio बनेपाको तर्फ बाट निशुल्क गित रेकर्डिङ, सहभागीहरु मध्य बाट गोला प्रथा गरि दुई जना लाई ड्राइभिङ् निशुल्क धुलिखेल नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष गणेश आचार्यको तर्फबाट, बनेपाको शुभकामना सिनेमा हल बाट फिल्म हेर्नको लागि १० वटा टिकेट १० जनालाइ निशुल्क सहभागी मध्यहरु बाट गोला प्रथा बाट प्रदान, धुलिखेल बर्गर हाउसको तर्फबाट १० जना लाई १० वटा बर्गरको लागि टिकेट प्रदान सहभागीहरु मध्य बाट गोला प्रथा गरिए प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रत्यक्ष- अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सहयोगीहरुलाई समेत सम्मानपत्रले सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..