सन्तोष बजगाई
ललितपुर/ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश अन्तर्गत रहेको जिल्ला कार्यसमिति ललितपुरको ३४ औँ वार्षिक साधारणसभा तथा १२ औँ जिल्ला अधिवेशन भदौ १ गते शनिबार महालक्ष्मी नगरपलिका वडा नम्बर १ स्थित श्रीकृष्ण प्रणामी मुल मन्दिर इमाडोलमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा बाग्मती प्रदेश उपसभामुख माननीय अप्सरा चापागाइँको प्रमुख आतिथ्यता तथा बाग्मती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री माननीय रामेश्वर श्रेष्ठको विशेष आतिथ्यतामा मा सम्पन्न भएको हो।

कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिती नेपालका केन्द्रिय अध्यक्ष एस के शर्मा नि.अध्यक्ष श्याम के सि श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय उपाध्यक्ष लगायत केन्द्रिय समितिका पदधिकारी को उपस्थिति रहेको थियो। साथै श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती नेपालका केन्द्र देखि इकाई सम्मका पदाधिकारी को बाक्लो उपस्थिति थियो।
उक्त कार्यक्रम मा काठमाडौ भक्तपुर काभ्रे जिल्ला का जिल्ला अध्यक्ष सहित विभिन्न पद प्रतिष्ठा मा रहेका भक्तजनहरुको उपस्थिती थियो।

उक्त अधिबेशनबाट अध्यक्षमा शिव प्रसाद तिमल्सिना उपाध्यक्षमा सचिन्द्र महर्जन र साजन केसि सचीवमा शोभा घिमिरे सह-सचीव रोम प्रसाद हुमगाई कोषाध्यक्षमा बिदुर केसि सह कोषाध्यक्ष श्याम सुन्दर तिमल्सिना सदस्यहरु सृष्टिका श्रेष्ठ नवराज घिमिरे रुपक कार्की पारसमणी बस्नेत दिपेश खडका र रविन्द्र केसि चयन भएका छन।

उक्त कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति ललितपुर का अध्यक्ष श्री कृष्ण खड्का ज्युको सभापतित्वमा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly