झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न
बनेपा - एक हजार हाराहारीमा सदस्य संख्या तथा काम गर्ने शैली ज्यादै पृथक । सहकारीको भिडमा बनेपाको मुख्य बजार बनेपाबाट भित्र रहेको मानन्धर समुदायको हकहितको लागि स्थापना भएको झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवस सामान्य तरिकाले मनाएको छ ।  स्थापना कालदेखिनै सदस्य सेवामा आफूलाई समाहित गरेको सहकारीले यो बर्ष पनि बनेपाको चारदोबाटोमा निशुल्क खानेपानीको व्यवस्था, आफ्ना जेष्ठ सद...

असोज २४ गते आइतबार, यस्तो छ तपाईको राशिफल

असोज २४ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । ब्यवसायबाट लाभ हुने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछ...

मन्त्री लामाद्वारा नमोबुद्ध ८ को वडा कार्यालय र दाप्चा सडक उद्घाटन

मन्त्री लामाद्वारा नमोबुद्ध ८ को वडा कार्यालय र दाप्चा सडक उद्घाटन
डराउनेपोखरी (नमोबुद्ध)–नमोबुद्ध नगरपालिका वडा नं. ८ को नवनिर्मित पक्की वडा कार्यालय भवनको शनिबार उद्घाटन गरिएको छ । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले शनिबार आयोजित एक समारोहका बीच कार्यालय भवनको उद्घाटन गरेका हुन् । नमोबुद्ध नगरपालिकाले सबै वडा कार्यालयको पक्की प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पु¥याउने क्रममा आर्थिक बर्ष २०७७/७८ मा एकसाथ पाँच वटा वडा क...

फूलबारी–काँक्रे सडकको उद्घाटन

फूलबारी–काँक्रे सडकको उद्घाटन
शनिबार नै बागमति प्रदेश सरकारका मन्त्री चन्द्र लामाले फूलबारी–नमोबुद्ध–दाप्चा–तल्लोहटिया–काँक्रे सडकको उद्घाटन गरेका छन् । फूलबारीमा आयोजित एक कार्यक्रमका बीच मन्त्री लामाले प्रदेश सरकारको सहयोगमा कालोपत्रे भएको उक्त सडकको उद्घाटन गरेका हुन् । काभ्रे–भन्ज्याङ्–नमोबुद्ध–काँक्रे सडक आयोनाअन्तर्गत पूर्वाधार विकास कार्यालय काभ्रेमार्फत फूलबारीदेखि तल्लो हटियासम्म उक्त सडक कालोपत्रे भएको छ । यसमध्ये दा...

‘दुई पात पलायोकी’ बोलको गीत सार्वजनिक

‘दुई पात पलायोकी’ बोलको गीत सार्वजनिक
काठमाडौँ-  गायिका बिमोचना लोम्जेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘दुई पात पलायोकी’ बोलको गीतमा श्री सिवाको शब्द तथा टिका भण्डारीको संगीत रहेको छ। कुमार थापाको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी गौरब गिरिले गरेका हुन्। दिपक गिरीले छायाँकन गरेको भिडियोलाई सम्पादन तथा कलर बिष्णु खड्काले गरेका छन्। चन्द्र मगर निर्माता रहेको भिडियोमा सुरज श्रेष्ठ र गीता ढुंगान...

नमोबुद्ध १० को वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन

नमोबुद्ध १० को वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन
पुरानागाउँ (नमोबुद्ध) – नमोबुद्ध नगरपालिका वडा नं. १० को पक्की वडा कार्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ । वडा कार्यालयसँगै सोही वडामा निर्माण गरिएको पुरानागाउँ स्वास्थ्यचौकीको नवनिर्मिति भवनको पनि शुक्रबार नै उद्घाटन गरिएको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले एक समारोहका बीच दुबै कार्यालय भवनको उद्घाटन गरेका थिए । सबै वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढेको नमोबुद्ध नगरप...

शुभकामना आदानप्रदान तथा मिलाप सम्मान समारोह सम्पन्न

शुभकामना आदानप्रदान तथा मिलाप सम्मान समारोह सम्पन्न
काभ्रेपलान्चोक - मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा बुधबार एक विशेष समारोहबीच मिलाप मासिकको कभरमा आउनुभएका व्यक्तित्वहरूलाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्‍याउनुभएको योगदानको उच्च उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको हो । मिलापका स...

तेमालको विकासका लागि एमालेले जित्नुपर्छ : पूर्वमन्त्री बाँस्कोटा

तेमालको विकासका लागि एमालेले जित्नुपर्छ : पूर्वमन्त्री बाँस्कोटा
काठमाडौँ २१ असोज । नेकपा एमालेका प्रभावशाली नेता, काभ्रे जिल्ला इन्चार्ज एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले तेमालको द्रूत विकासका लागि एमालेले जित्नुपर्ने बताएका छन् । उनले तेमालमा भएका समस्याहरु औंल्याउँदै एमालेको नेतृत्व विना सवल र समृद्ध तेमाल बन्न नसक्ने दाबीसमेत गरे । बिहीवार काठमाडौँको कोटेश्वरमा नेकपा एमाले तेमाल–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको चियापान तथा शु...

पिम नेपाल तेस्रो र चौथो फिल्म फेस्टिभल सम्पन्न

पिम नेपाल तेस्रो र चौथो फिल्म फेस्टिभल सम्पन्न
पावर इन्टरनेसनल मिडिया नेपाल (पिम नेपाल) ले तेस्रो र चौथो फिल्म फेस्टिभल सम्पन्न गरेको छ । प्रदेश ५ मा आयोजना गर्ने भनिएको तेस्रो संस्करण सन् २०२० कोभिड-१९ का कारणले रोकिएको थियो । सो कार्यक्रम १९ असोजमा महोत्सवमा सहभागी भएका सिनेमालाई प्रतिस्पर्धा गराई विभिन्न विधामा अवार्ड प्रदान गरियो । पूर्वकानुनमन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको सभापति चलचित्र निर्देशक म...

राई मुलघरको नेतृत्वमा ३ आश्रममा राहत बितरण

राई मुलघरको नेतृत्वमा ३ आश्रममा राहत बितरण
काभ्रेपलान्चोक -  विगत लामो समय देखि सामाजिक कार्यमा क्रियाशिल संस्था राई मुलघर सेवा समाजले संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र नयाँ जीवन नेपाल यी दुई बाल आश्रम साथै निसहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृह एक वृद्धआश्रम गरि जम्मा ३ आश्रममा लगभग २५० जनालाई लत्ताकपडा, खाद्यान्न, कापीकलम र कासको थाल लगायत राहत बितरण गरेको छ । मुख्य आयोजक राई मुलघर सेवा समाज रहेको राहत बितरण कार्यक्रममा अरु थप ४ वटा स...