तिहारलगत्तै नेप्से १९.२ अंकले घट्यो
काठमाडौं- दशैँपछि केही समय बढेको पुँजी बजार परिसूचक-नेप्से तिहार सकिएर सुरु भएको पहिलो कारोबार दिनमै घटेको छ। सोमबार नेप्से १९.२ अंकले घटेको छ। दिनको सुरुवातमा केही अंकले बढेको नेप्से त्यसपछि ओरालो लाग्न सुरु भएर २ हजार ८ सय २९ दशमलब ६४ विन्दुमा रोकिएको हो।
सोमबार ७२ लाख ७ हजार ३ सय ९६ सेयर कित्ता खरिद विक्री हुँदा चार अर्ब ४२ करोड ७ लाख १९ हजार एक सय ३ रुपैयाँको कारोबार भएको छ। साहस ...