काभ्रेपलान्चोक – उद्यमशिलता र स्वरोजगार, कृषि विकासको आधार भन्ने मुल नाराको साथमा कृषि सहकारी संघ लि. काभ्रेपलान्चोकको आठौं वार्षिक साधारणसभामा बोल्दै प्रतिनिधि सभा सदस्य, पूर्वमन्त्री गाेकुल बास्कोटाले काभ्रेमा कृषि सहकारीले उत्कृष्ट काम गरेको बताउँदै सहकारी क्षेत्रलाई थप प्रभावकारी र सहज रुपमा अगाडि बढाउनका लागि सहकारीका सदस्यहरुको सक्रियता आवश्यक रहेको बताउनुभयो। उहाँले कृषि सहकारी संघलाई थप सक्रिय बनाउन सदस्य संस्थाहरुको साथ आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार जिल्ला सहकारी संघ काभ्रेको भवनमा कृषि सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष सुमन नेपालको सभापतीत्वमा सम्पन्न सभाको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एंव पूर्वमन्त्री गोकुल बास्कोटा हुनुहुन्थ्यो ।

कृषि सहकारी संघ लिमिटेडमा कृषि सँग सम्वद्ध ५५ वटा सदस्य संस्था आवद्ध छन । कृषकहरुलाई लक्षित गरी जानकारीका लागि वेभसाइट (www.acukavre.com) संचालन शूरु गरेको संस्थाका अध्यक्ष सुमन नेपालले बताए । सभाको बन्द सत्रले नयाँ संचालक समिति चयन गरेको छ । आठौं वार्षिक साधारणसभामा बोल्दै कृषि सहकारी संघ लि. काभ्रेको अध्यक्ष सुमन नेपालले जिल्ला कृषि सहकारीले काभ्रे जिल्लाका कृषकलाई कृषि सँगै आर्थिक पाटोलाई बलियो बनाउन भुमिका खेलेको बताउनुभयो ।

त्यस्तै विशेष अतिथि बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिका बल्लधव सापकोटा, बिउ तरकारी तथा फलफुल सहकारी केन्द्रिय संघका अध्यक्ष बिनोद पराजुली, बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठक, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलीप शर्मा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई काभ्रेपलाञ्चोक सिन्धुपाल्चोकका परियोजना प्रमुख भरतप्र्रसाद कडेंल, कृषि ज्ञान केन्द्र धुलिखेलका प्रमुख कुलप्रसाद दवाडी र भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. सृजा वाग्ले लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly