बनेपामा ट्राफिक प्रहरीले गर्यो सवारी चालक, सहचालक र यात्रुको स्वास्थ्य जाँच
काभ्रेपलान्चोक - जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले चारदोबाटोमा सवारी चालक, सहचालक र यात्रुहरुको स्वास्थ्य परीक्षण तथा मास्क वितरण गरेको छ ।
ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत चालकको स्वास्थ्य अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्नका लागी स्वास्थ्य परीक्षण तथा मास्क वितरण गरिएको हो । चालक, सहचालक तथा पैदल यात्रुको निःशुल्क स्वास्थ्य चेकजाँच तथा स्वास्थ्य परामर्शका साथै कोभिड-१९ बाट जोग...