शिव परियारको स्वरमा चलचित्र चिट्ठीको गीत रेकर्ड
काठमाण्डौ –एरा प्रोडक्सन प्रा.लि.को व्यानरमा कमला जोशी निर्माता र माधव राज खरेलको निर्देशन रहेको चलचित्र चिट्ठीको “टुुटेको तारा” बोलको गीत सोमबार राजधानीको फाईन टियुन स्टुडियोमा रेकर्डिङ भएको छ । डा. कृष्णहरी बरालको शब्द, संचारकर्मी एवं गायक, संगीतकार सरोज कोईरालाको संगीत, विश्व अधिकारीको एरेन्जर रहेको गीतलाई चलर्चित गायक शिव परियारले गायका छन् ।संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्...