स्यानिटरी प्याड बनाउने तालिम सम्पन्न
पनौती जेसीजको आयोजना र यश्वशी युवा समाज तथा SRHRxMenstrual Hub को प्राविधिक सहयोगमा पनौती नगरपालिका वडा नंं ७ स्थित पनौती जेसीजको सभाकक्षमा एक दिने महिनाबारी सुरक्षा र पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड बनाउने तालिम सम्पन्न भयो ।
पनौती जुनियर जेसीजका उत्कृष्टा श्रेष्टले सञ्चालन गर्नु भएको कार्यक्रममा नेपालको राष्ट्रिय गित सामुहिक रुपमा गाए पछि पनौती जेसीजका उपाध्यक्ष जेसी इन्दिरा नापितले ज...