को हुन् गोकुल, कसरी चुलिँदैछ उनको क्रेज ?

को हुन् गोकुल, कसरी चुलिँदैछ उनको क्रेज ?
–होमप्रसाद चौलागाईं                                        काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ४ अर्थात तत्कालिन नयाँगाउँ देउपुर गाउँ विकास समितिको चैनपुरमा जन्मिएका गोकुल बाँस्कोटा सामान्य परिवारका हुन् । स्कूले शिक्षा गाउँकै विद्यालयबाट प्राप्त गरेका उनी विद्यार्थी जीवन देखि नै तिक्ष्ण स्वभावका थिए । डेड...

आमा घर बृदाश्रममा समाजसेवी लायन ज्योति घिमिरे द्वारा न्यानो कपडा वितरण

आमा घर बृदाश्रममा समाजसेवी लायन ज्योति घिमिरे द्वारा न्यानो कपडा वितरण
काठमाडौं – समाजसेवी लायन ज्योति घिमिरेले आफ्नो स्वर्गीय आमा सरिता घिमिरेको पुण्य तिथिको अवसरमा तथा दिपावलीको अवसर राजधानीको रविभवन स्थित आमा घरमा आश्रित आमाहरुलाइ खाजा खुवाउने तथा न्यानो कपडा वितरण गर्ने कार्य सम्पन्न गरेकी छिन। लायन ज्योति घिमिरे आबद्ध रहेको लायन्स क्लब अफ काठमाडौं अभियानको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा जोन चियरपर्सन बरिष्ठ सौन्दर्यबिद लायन सोनी कारंजित लगायत अन्य लायन सदस...

प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा

प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा
  काभ्रे । काठमाण्डौ उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वर काठमाण्डौ दरबन्दी भई यस जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । कार्यालयले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मूल्याङ्कन गरी कार...

नेकपा एमाले बनेपा नगर कमिटीको आयोजनामा शुभकामना आदानप्रदान

नेकपा एमाले बनेपा नगर कमिटीको आयोजनामा शुभकामना आदानप्रदान
बनेपा - नेकपा एमाले बनेपा नगरकमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका नेता काभ्रेपलाञ्चोक-२ का उम्मेद्वार गोकुल प्रसाद बाँस्कोटाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आफ्ना मतदाताहरूसँग पूर्वमन्त्री बाँस्कोटाले अन्तर्क्रिया गरेका थिए । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा बाँस्कोटा नेकपा एमालेबाट प्रतिनिधिसभा काभ्रे -२ का उम्मेद्व...

उम्मेदवार ताराबहादुर कुँबरले बागमतीलाई देश कै नमुना प्रदेश बनाउने दाबी

उम्मेदवार ताराबहादुर कुँबरले बागमतीलाई देश कै नमुना प्रदेश बनाउने दाबी
  काभ्रे । आगामी मंसिर ४ गते हुने निर्वाचन नजिकिदै गर्दा गठबन्धन दल, प्रमुख प्रतिपक्षी तथा अन्य साना दल र स्वतन्त्र सबै उम्मेदवारहरु घरदैलोमै व्यस्त भएको देखिन्छ । काभ्रेमा छ पदका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । आयोगका अनुसार आगामी कात्तिक १७ गतेसम्म २५ जनाको सङ्ख्यामा उम्मेदवारले घरदैलो गर्न पाउने छन...

जिल्लामा नै पहिलो पटक नाईटिङ्गेल एकेडेमीले सम्पन्न गर्यो स्विमिङ प्रतियोगिता

जिल्लामा नै पहिलो पटक नाईटिङ्गेल एकेडेमीले सम्पन्न गर्यो स्विमिङ प्रतियोगिता
बनेपा - काभ्रेको बनेपा-१० स्थित नाईटिङ्गेल एकेडेमीका विद्यार्थीहरू पौडीमा रमाएका छन् । स्कूलले आयोजना गरेको पौडी प्रतियोगितामा सहभागी विद्यार्थीका साथै विद्यालयमा अध्ययनरत विद्यार्थी पनि पौडीमा रमाएका हुन् ।  जिल्लमा नै पहिलो पटक बनेपाको नाईटिङ्गेल एकेडेमीले पौडी प्रतियोगिता सम्पन्न गरेको छ । काभ्रेको नै पहिलो पौडी प्रतियोगिता संचालन गर्ने विद्यालय बनेको छ नाईटिङ्गेल एकेडेमी । नाईटिङ्गेल एकेडे...

चुनावी माहोल बनाउदै दलहरु, एमाले अघिअघि गठबन्धन पछि पछि

चुनावी माहोल बनाउदै दलहरु, एमाले अघिअघि गठबन्धन पछि पछि
बनेपा, आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिदै जादा चुनावी चहल पहल पनि बढ्दै गएको छ । निर्वाचन आयोगले निर्वाचनको १७ दिन अघिदेखि मात्र प्रचार प्रसारको समय तोके पनि उमेद्वारहरु भने चुनावी अभियानमा होमिएका छन । प्रचार प्रसारको रुपमा भन्दा फरक तरिकाले उमेद्वारहरु जनताकोमा गैरहेका छन । काभ्रेमा गठबन्धनसंग एक्लै चुनावी प्रतिस्पर्धामा रहेको...

बजारमा फूल, माला र झिलिमिली बत्तीको चहलपहल

बजारमा फूल, माला र झिलिमिली बत्तीको चहलपहल
बनेपा, नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा रहेको तिहार नजिकिदै गर्दा बजारमा फूलको चहलपहल र व्यापार बढ्दै गएको छ । तिहार आगमन नजिकिएसँगै बजारका पसलहरु यतीबेला विभिन्न प्रकारका फूल, फूलका माला र झिलिमिली बत्तीले भरिभराउ बन्न थालेका छन् । तिहारलाई फूल र बत्तिको पर्व एवं दिदीबहिनी—दाजुभाइको मिलनको पर्वको रुपमा समेत लिइन्छ । तिहारको सांस्कृतिक र धार्मिक महत्व ठूलो रहेको छ । तिहारलाई...

भाइटीकाको शुभ साइत ११ : ३७ मा

भाइटीकाको शुभ साइत ११ : ३७ मा
  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।  

‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ भव्यताको साथ सम्पन्न

‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ भव्यताको साथ सम्पन्न
  काठमाडौं । ‘‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको नेपाली डायस्पोराको प्रतिष्ठित अवार्ड मानिने ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड एण्ड फिल्म फेष्टिवल -२०२२’ अमेरिकाको कोलोराडोस्थित डेनभर शहरमा सम्पन्न भएको छ । अवार्ड कार्यक्रममा सन् २०२२ मा रिलिज भएका नेपाली फिल्ममध्येबाट अवार्ड प्रदान गरिएको थियो। चलचित्र व...