बनेपामा एमालेको चुनावी माहोल : बाजासहित मनोनयन दर्ता ( फोटो फिचर सहित)
काभ्रेपलान्चोक - स्थानीय तहको निर्वाचन संघारमै छ । निर्वाचन नजिकिएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ । जिल्लाका विभिन्न पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । त्यस्तै बनेपामा नेकपा एमालेका उम्मेदवारले बाजागाँजा सहित नगर परिक्रमा गर्दै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
नगरपालिकाको प्रमुखमा रत्न कुश रंजितकार र उपप्रमुखमा बिमला सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । नगर प्रमुख र उ...