काभ्रेपलान्चोक – पाँचखाल युनाइटेड फुटबल एसोसिएसन(पुफा)को आयोजना र पाँचखाल नगरपालिकाको सहयोगमा तेस्रो पाँचखाल महोत्सव २०७९ हुने भएको छ।

काभ्रेको पाँचखाल स्थित एक होटेलमा पत्रकार सम्मेलन गर्दै विजया दशमी तथा दिपावलीको अबसर पारि यहीँ असोज ३ गते देखि १६ गते सम्म हुन लागेको आयोजक समितिका संयोजक गणेश प्रसाद काफ्लेले जानकारी दिनु भयो । उहाँले महोत्सवमा ६० हजार दर्शक उतार्ने लक्ष्य रहेको बताउनु भयो । उक्त महोत्सवमा प्रशासनिक लागत मात्रै करिब ३० लाख लाग्ने अनुमान गरेका र छिमेकी जिल्ला, गाउँपालिकाको साथै नगरपालिकाबाट समेत सहयोग र सहकार्य गर्ने पत्रकार सम्मेलनमा बताइएको छ ।

पुफाका अध्यक्ष मिलन श्रेष्ठले पाँचखाल नगरपालिकाको संस्कृति र पर्यटनको प्रबर्द्धनको लागि महोत्सव गर्न लागेको बताउनु भयो।

महोत्सवको मुख्य आकर्षक अर्गानिक कृषि प्रदर्शनी, स्थानीय खानाका परिकार, संस्कृति र पर्यटन प्रबर्द्धन स्टलहरु, बाल मनोरञ्जनात्मक गतिविधिहरु, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक बेजोड प्रस्तुति रहने संयोजक काफ्लेले बताउनु भएको छ।साथै पाँचखाल नगर कृषि सहरको अवधारणा लाई सम्मान गर्दै कृषिका लागि स्टलहरु निशुल्क उपलब्ध रहेको आयोजक समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..