विश्व नम्बर एक जोकोभिकलाई स्तब्ध पार्दै जेभरेभ ओलम्पिक टेनिसको फाइनलमा

विश्व नम्बर एक जोकोभिकलाई स्तब्ध पार्दै जेभरेभ ओलम्पिक टेनिसको फाइनलमा
 विश्व नम्बर एक सर्बियाका खेलाडी नोभाक जोकोभिक टोकियो ओलम्पिकको टेनिसतर्फको पुरुष एकलमा पराजित भएका छन् । उनी जर्मनीका अलेक्जेन्डर जेभरेभसँग पराजित भएका हुन् । पहिलो सेट ६-१ ले जितेपनि खेलमा फर्कदै जेभरेभले जोकोभिकलाई ६-३ र ६-१ ले स्तब्ध पारेका थिए । अब उनले रुसका कारेन काचानोभसँग फाइनलमा खेल्नेछन् ।  

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकद्वारा राजीनामाको घोषणा

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकद्वारा राजीनामाको घोषणा
 नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक संजालमार्फत राजीनामाको घोषणा गरेका हुन् । उनले एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले पछिल्लो तीन साता देखि असहयोग गरिरहेको र त्यसका कारण आफूले फुटबल टिम छोड्ने निर्णय गरेको भन्दै फुटबल समर्थकलाई जानकारी गराएका छन् । कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइर...

गौरीकाको ओलम्पिक यात्रा हिट चरणमा नै समाप्त

गौरीकाको ओलम्पिक यात्रा हिट चरणमा नै समाप्त
 टोकियो ओलम्पिक २०२० मा महिलाको १ सय मिटर फ्रीस्टाइलमा पनि नेपालले कुनै पदक पाउन सकेन । टोकियो ओलम्पिक २०२० मा पुरुष एक सय मिटर फ्रि स्टाइल स्वीमीङमा गौरिका सिंहले प्रतिनिधित्व गरेकी थिइन् । सिंहले एक सय मिटरको दूरी १:००.११ सेकेन्डमा पूरा गरिन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी थिए । जसमा एलेक्जेन्डर ग...

टोकियो ओलम्पिकमा आज नेपाली खेलाडी गौरिकाले १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्दै

टोकियो ओलम्पिकमा आज नेपाली खेलाडी गौरिकाले १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्दै
काभ्रेपलान्चोक - जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपाली खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै छन् । पौडी खेलाडी गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । १...