रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ रजबासमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिवरमा ५ सय ४६ जना लाभान्वित भएका छन् । बुधबारबाट शुरु भएर बिहिकार सम्पन्न भएको शिविरमा ५ सय ४६ जना नागरिक लाभान्वित भएका हुन् ।
ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा भएको शिविरमा सेवाग्राहीले जनरल मेडिकल, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाटी रोग, आँखा परिक्षण तथा उपचार, दन्त रोग, इसिजी सेवा, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, शल्यक्रिया सर्जरी सेवा, ल्याव सेवा पाएका थिए ।
आयाजकका अनुसार प्रसुती तथा स्त्री रोगमा ५७ जना, बाल रोगमा ४६ जना, हाडजोर्नी तथा नशा रोगमा १९५ जना, नाक कान घाटी रोगमा ५८ जना, आँखा रोगमा ३७४ जना, दन्त रोगमा ८१ जना, इसिजी सेवामा ८८ जना, भिडियो एक्सरे सेवामा १९६ जना र शल्यक्रिया सर्जरी सेवामा ४४ जनाले सेवा लिएका थिए । शल्यक्रिया नै गर्नुपर्ने ४१ जना बिरामीको पहिचान भएको आयोजकले जनाएको छ । जसमा अर्थाेपेडिकका बिरामी ९ जना, नाक, कान घाटीका बिरामी ७ जना, सर्जरीका २२ जना गरी ४१ जनाको थप उपचार आवश्यक रहेको आयोजकले जनाएका छन् ।
ग्रेस नेपाका अध्यक्ष राजकुमार थापाको अध्यषतामा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरको समापन कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले निःशुल्क स्वास्थ्य शिविरका लागि ग्राणि भेग रोजेर रजबासमा आएकोमा आयोजक र प्रबिधिक टिमलाई धन्यवाद व्यक्त गरेका छन् । निःशुल्क स्वास्थ्य शिविर गरेर आफ्नो नागरिकको स्वास्थ्य उपचार गरेर पालिकाको आर्थिक भार जोगाईदिएकोमा पनि अध्यक्ष लामाले धन्यवाद व्यक्त गरे । रोशीका नागरिकहरूको स्वास्थ्य उपचारमा गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाई छ । रोशीको नागरिकको स्वास्थ्यमा ध्यान दिएर ५८ सय घरपरिवार मध्ये २१ घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य विमा गरेको लामाले बताए । आगामी दिनमा त्यो संख्यालाई बढाउदै लाने उनको भनाई छ ।
ग्रामिण भेगका मानिसको स्वास्थ्य उपचारमा संलग्नता हुन पाएकोमा खुसी लागेको काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालका डा. रोशन ओझाले बताए । सेवा नै धर्म हो भन्ने भनाईलाई आत्मसत गर्दै आएकोमा स्वास्थ्यको पहँचबाट टाढा रहेका मानिसको उपचारमा खटिन पाएकोमा आफुलाई भाग्यमानी सम्झेको उनको भनाई छ ।
स्वास्थ्य उपचारको लागि टाढा पुग्नु पर्नेमा गाउँमै डाक्टरसहितको टोली आएर स्वास्थ्य सेवा दिएकोमा स्थानीय कुमार किंरिङ मगरले खुसी व्यक्त गरे । यसले स्वास्थ्य लाभ त भयो नै आर्थिक पनि बचेको उनले बताए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..