युक्रेनी सेनाको नियन्त्रणमा रहेका मण्डनदेउपुरका सिद्धार्थ ढकालको सकुशल उद्धारका लागि आग्रह

|| सोमबार, मंसिर २५, २०८०
युक्रेनी सेनाको नियन्त्रणमा रहेका मण्डनदेउपुरका सिद्धार्थ ढकालको सकुशल उद्धारका लागि आग्रह
 

रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्न गएका मण्डनदेउपुर नगरपालिका–६, का २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । उनलाई मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको हो ।

बिज्ञापन

युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई पक्राउ गरिएको हो । युक्रेनी सेनाले जेपोरोजियास्थित हिउँले भरिएको क्षेत्रमा तैनाथ रहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । युक्रेनी सेनाले उनीहरूलाई पक्राउ गरी गाडीबाट लैजाँदै गरेको, एउटा कोठामा राखिएको र आफ्नोबारे पूरा विवरण दिइरहेकोसम्बन्धी अलग–अलग तीन भिडियो सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको भिडियोमा ढकालले आफू रुस आएको एक महिना २० दिन मात्रै भएको बताएका छन । उनले परिवार सम्झदैं नेपाल ल्याउने पहल गर्न भनेका छन । युक्रेनको कब्जामा भएदेखि सिद्धार्थसँग सम्पर्क नभएको दाइ नवराज ढकालले बताए । गत आइतबार स्थानीय समयको बिहान ११ बजे युक्रेनको सेनाले लिएर गएको भिडियो युद्धस्थलमा घाइते भई उपचाररत एक नेपालीले भिडियो पठाइदिएका थिए । सिद्धार्थ तालिम लिई युद्ध लड्न रेड जोनमा पहिलोपटक गएको नवराजले बताए ।

भिडियोमा सिद्धार्थले आफू सकुशल भएको बताएका छन् । म अहिलेसम्म सकुशल छु । पछि के हुन्छ थाहा छैन, भिडियोमा सिद्धार्थले भनेका छन्, मैले बुबाआमालाई एकदमै सम्झिएको छु । मेरो उद्धारको लागि सरकारलाई भनेर पहल गरिदिनुहोला । नवराजका अनुसार सिद्धार्थ ५१ दिन अगाडि बायोटेक्निकल एकेडेमीमा अध्ययन गर्न गएका हुन् । उनले सिद्धार्थको कलेज शुल्क दलालले नतिरिदिएपछि रुसी सेनामा भर्ती भएको बताए ।

सिदार्थको सकुशल उद्धारको लागि बिभिन्न निकाय, परराष्ट्रमन्त्री एनपी साउदलगायतसंग भेटी आग्रह गरिएको र सिदार्थको सकुशल उद्धारका लागि पहल गर्न नेपाल सरकारलगायतलाई आग्रह गर्दै अर्का दाई देबराज ढकालले जिबन रक्षाको माग गरेका हुन । हामी सिदार्थको सिघ्र सकुशल उद्धारका लागि आग्रह गर्दछौ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up