काभ्रेका दुर्गालाल प्रधानको कथा : सानैदेखि फिल्मप्रेमी
सानैदेखि फिल्मप्रेमी थिए दुर्गालाल प्रधान। स्कुल पढ्दादेखि नै घरबाट लुकिछिपी हल जान्थे। बुबाको बागबजारस्थित कपडाको पसलमा बसे पनि मन सधैं पर्दातिरै तानिन्थ्यो। फिल्मप्रतिको यही गहिरो मोहले उनको जीवनलाई अर्कै दिशा दियो।
२०५७ सालतिरको कुरा हो। उनका बुबाले बनेपामा घर बनाउने योजना बनाइरहेका थिए। घरको नक्सा बनिरहेको थियो, ३० लाख रुपैयाँको जोहो पनि भइसकेको थियो। तर दुर्गालालको मनमा भने घर होइन, हलको सपन...