काभ्रेपलान्चोक – राष्ट्रिय दलित आयोगको कार्यालय सात वटै प्रदेशमा स्थापना गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै नेकपा एमालेकी सांसद रुकमणी राना बराइलीले नेपालको संविधानले राष्ट्रिय दलित आयोगको कार्यालय सात वटै प्रदेशमा स्थापना गर्ने व्यवस्था गरेकाले उक्त व्यवस्था कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले भनिन्, ‘संविधानको धारा २५७ मा संवैधानिक आयोग सम्बन्धमा उल्लेख भएअनुसार नै सात वटै प्रदेशमा राष्ट्रिय दलित आयोगको कार्यालय स्थापना गर्ने उल्लेख छ । तर, व्यवहारमा कार्यान्वयन भएको छैन । त्यसकारण संविधानले दिएको अधिकारलाई संकुचित गर्ने काम नगरियोस् । कार्यान्वयनतर्फ अगाडि बढाइयोस् ।’ – नेपाल प्रेस बाट साभार

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..