युवा नेता हरि थापाले सेवा घरलाई गरे खाद्यान्न र नगद सहयोग

काभ्रेपलान्चोक – इन्द्रशोभा युवा मिलन केन्द्रका अध्यक्ष, समाजसेवी, युवा नेता हरि थापाले आफ्नो बुबा गोकुल थापाको पुण्यतिथि तथा जनैपूणिर्माको अवसरमा असाहयहरु लाई सहयोग गर्नु भएको छ।

बिज्ञापन

थापाले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा नगद सहयोग हस्तान्तरण गर्नु भएको हो ।

 

पुण्यतिथिको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर)को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र नगद सहयोग गर्नुभएको हो । उहाँले गत वर्षका जन्म दिन र अवसरहरूमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दैआउनु भएको छ ।

उहाँले सेवा घरलाई चामल, दाल, तेल, नुन, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा सहित अन्य खाद्यान्न र नगद हस्तान्तरण गर्नुभएको थियो ।