नेपाल फिल्म सोसाइटी अमेरिका र ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष कोलोराडो निबासी समाजसेवी तथा नायक नवराज श्रेष्ठको पहलमा चियाबारी, सिन्धुलीका आगलागी पीडित परिवारकोलागि सिन्धुलीका अमेरिकाबासिहरु तथा सिन्धुलीलाई माया गर्ने अमेरिकन नेपालीहरु बाट रु. २०९,००० (दुई लाख नौ हजार) नगद जस मध्य यो भन्दा अगाडि रु. ५३०००/ नगद केही पीडितलाई पठाईसकेको र हाल रु. १५६०००/ (एक लाख छप्पन्न हजार) नगद एक मुष्ट सहयोग रकम नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ मार्फत अग्नी पीडितहरुलाई उपलब्ध गराइएको छ।

उक्त रकम सहयोग गर्ने समाजसेवी सहयोगिहरुमा अध्यक्ष नवराज श्रेष्ठ कोलोराडो, जागदिश चन्द्र ढकाल कोलोराडो, सरिता गुरुङ कोलोराडो, सुमन पाठक कोलोराडो, गृष्मा कोलोराडो, प्रकाश पौडेल कोलोराडो, दिना श्रेष्ठ कोलोराडो, रोशन बोगटी कोलोराडो, डी पी शर्मा कोलोराडो, राज कुमार काफ्ले कोलोराडो, पदम विश्वकर्मा कोलोराडो, अर्जुन के.सी कोलोराडो, भुषण श्रेष्ठ कोलोराडो, शैलेश श्रेष्ठ न्यूयोर्क, ईछ्या बिक्रम थापा न्यूयोर्क, कृष्ण सुनार मोन्टाना, बिनय कुमार श्रेष्ठ आयोवा, नबिन श्रेष्ठ अस्टिन टेक्सस्, सरिता श्रेष्ठ अस्टिन टेक्सस्, अमिर श्रेष्ठ अस्टिन टेक्सस्, हेमन्ती श्रेष्ठ क्यालिफोर्निया, पुरुषोतम सुबेदी क्यालिफोर्निया, वेद लामा कोलोराडो र अस्मिता श्रेष्ठ अस्ट्रेलिया बाट रहेको संस्थाका विशिष्ट सदस्य गोपि नारायण श्रेष्ठले जानकारी गराउनु भएकोछ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly