वडा अध्यक्ष धनजित लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कार्यपालिका सदस्य सिता लामा, वडा सदस्य दिपक थापा मगर, दलित महिला सदस्य सिता वि.क.को उपस्थिति रहेको थियो भने पल कम्प्युटर इन्स्टिच्युट बनेपाले प्रशिक्षक उपलब्ध गराएको थियो र कार्यक्रम सञ्चालन वडा सचिव सुनिल शाहीले गर्नुभएको थियो ।
तालिममा रोशी ३ नं. वडा भरीका १८ जना शिक्षक शिक्षिकाहरु सहभागी भएका थिए । दक्ष जनशक्तिको अभावमा विभिन्न संघ संस्थाबाट प्राप्त कम्प्युटरहरु विद्यालयको स्टोर कोठामा थन्किएर रहेको अवस्थामा रोशी गाउँपालिका ३ नं. वडाले भने राम्रो कामको थालनी गरेको एक शिक्षकले बताए । साथै सोही अवसरमा रोशी गाउँपालिका ३ नं. वडाका कृषकहरुलाई ८ वटा मिनि टिलर (ट्रयाक्टर) ५०% अनुदानमा वितरण गरिएको थियो ।