धुलिखेल, कलाकार लोक दोहोरी गायक कमल दाहालले लोक दोहोरी गीत कल्पना निरकमल २ लिएर आएका छन् ।
गायक दाहालको आफ्नै शब्द रचना रहेको कल्पना निरकमल २ हालै युट्युब मार्फत सार्वजनिक भएको हो ।
कल्पना निरकमल २ मा गायक दाहाललाई लोक दोहोरी गायिका कल्पना दाहालले स्वरमा साथ दिएकी छिन् भने रामकृष्ण थापाको संगीत रहेको छ ।

भिडियोसहित आएको कल्पना निरकमल २ को श्रव्यदृश्यमा गायिका दाहालको साथमा राज दाहालले अभिनय गरेका छन् । रामकृष्ण चौलागाईको छायाँकन रहेको भिडियोलाई सुरेश पाण्डेले निर्देशन गरेका छन् भने जोन राईको सम्पादन रहेको छ ।

 

लामो समयदेखि कलाक्षेत्रमा सक्रिय गायक कमल दाहाल कल्पना निरकमल २ बाट निकै आशाबादी हुँदै निकै नै मेहनत गरेर तयार पारेको नविनतम कोसेली लोक दोहोरी गीत कल्पना निरकमल २ आम दर्शक श्रेताहरुले मन पराइदिनेमा ढुक्क देखिन्छन् ।

भिडियो हेर्न तलको लिंक    https://www.youtube.com/watch?v=Sr9GlTulOfs

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly