 

काभ्रेपलान्चोक – आर्शु स्मृति प्रतिस्ठानले बालआश्रममा अनाथ बालबालिकाहरुको प्राविधिक क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ कम्प्युटर १ थान हस्तान्तरण गरेको छ । आज भन्दा १ बर्ष अगाडि उपचारको क्रममा अस्पतालको लापरबाहीको कारण निधन भएको आर्शुको स्मृति दिवसको अवसरमा स्व.आर्शु काफ्लेको सम्झनामा उक्त कम्प्युटर हस्तान्तरण गरिएको हो ।    


आर्शुको भौतिक शरिर नरहे पनि उसको आत्माले शान्ति पावस भन्दै एक छोरीको पिडामा हजारौ छोरी बचाउ अभियानको साथमा उनका माता, पिता सुस्मिता लामिछाने ( काफ्ले ) / हरेराम काफ्ले ( रुपेश) लगायत समुहको पहलमा आर्शुको स्मृतिमा स्थापना गरिएको आर्शु स्मृति प्रतिस्ठान नामक संस्था बाट मण्डनदेउपुर नगरपालिका वडा नं. ९ मा रहेको सेवक नेपाल नामक संस्थालाई हस्तान्तरण गरिएको हो ।    


बालआश्रममा रहेका १५ बालबालिकाहरुका लागी कम्प्युटर १ थान हस्तान्तरण गरिएको बताइएको छ । साथै कुनै पनि समय गरिब निम्न वर्गीय परिवारका सदस्यहरुमा उपाचारको लागि कठिन परिस्थिति परेको अवस्थामा धुलिखेल अस्पताल र आर्शु स्मृति प्रतिस्ठान बिच भएको सम्झौता अनुसार सम्पुर्ण औसधि उपाचार निशुल्क गराउने ब्यवस्था मिलाइएको छ र हाल सम्म केहि व्यक्ति अरुको उपचार समेत गराइसकेको प्रतिस्ठानले जानकारी दिएको छ। उक्त कार्यक्रममा युवा नेता तथा समाजसेवी राजन अधिकारी, दिब्य किरण तिमल्सिना, हरि प्रसाद हुमागाई, देबराज केसि लगायतको उपस्थिति रहेको थियो ।             


 
                
 
                 
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
          