आज सुनको मुल्य ६०० रुपैयाँले बढ्यो

काभ्रेपलान्चोक – बिहीबार सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

छापावाला सुन तोलामा ८९ हजार ४०० रुपैयाँमा र तेजाबी सुन तोलामा ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

बिज्ञापन

यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।