

काभ्रेपलान्चोक – आईतबार सुन चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले घटेको हो। कात्तिक ७ गते सुनको मूल्य स्थिर थियो । तिहारको बिदापछि खुलेको बजारमा सुन–चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।





