एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारणसभा सम्पन्न

काभ्रेपलान्चोक – एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो

सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो ।

बिज्ञापन

बिहान ११:३० बजेबाट शुरु भएको १५ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष स्वयम काजी पोटेले गरेका हुन भने एकता बचत तथा ऋण सहकारी संस्थाका जेष्ठ सदस्य प्रेम बहादुर भण्डारी प्रमुख आतिथ्य हुनुहुन्थ्यो । साधारणसभाको संस्थाका जेष्ठ सदस्य प्रेम बहादुर भण्डारीले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेम बहादुर भण्डारीले संस्थाको उन्नति र प्रगतिको कामना गर्नु भएको थियो ।

एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष स्वयम काजी पोटेले आफू सधैं सहकारीकै हकहितमा लागि परिरहेको र सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो । कार्यक्रममा उत्कृष्ट बचत कर्ता, उत्कृष्ट खुत्रुके बचत कर्ता, असल ऋणी, जेष्ठ महिला सदस्यहरु लाई नगद सहित सम्मान गरिएको थियो ।


लेखा समितीका संयोजक चिनी काजी श्रेष्ठले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष बिष्णु ओम पोटेले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । कार्यक्रममा संस्थाका संचालन समिति, लेखा समिति तथा उपसमिति, संस्थाका कर्मचारी लगायत सेयर सदस्य उपस्थित रहेको थियो ।