

काभ्रेपलान्चोक – बनेपामा रहेको पिपुल्स बचत तथा क्रण सहकारी संस्था लि.को १६ औँ वार्षिक साधारणसभा शनिबार बनेपामा संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षता र बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बशुन्धरा हुमागाईको प्रमुख आतित्यतामा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोेधन गर्दै मन्त्री हुमागाईले वास्तविक सहकारीले राम्रो काम गरेर समाजलाई पु¥याएको योगदानको भन्दै प्रशंसा गरे । उनले प्रदेश सरकारले २ लाख मेट्रिक टन रासायनिक मल उत्पादन गर्ने गरी कारखाना स्थापनाको संभाब्यता अध्यन गरिएको र कृषि औजार कारखाना स्थापनाको प्रकिया अधि बढेको बताए ।
कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन सचिब देवेन्द्र श्रेष्ठले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सन्तोष कुमार धिमिरेले र लेखा प्रतिबेदन संयोजक रजिव श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक वर्ष २०७८÷०७९ को कुल वासलात ३१ करोड ५५ हजार, शेयर पुजी २ करोड ८० लाख, क्रण लगानी २५ करोड ४६ लाख र शेयर सदस्य ५ हजार ९ सय ५२ जना रहेका छन ।




कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, बनेपा नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष जितेन्द्र नकर्मी, सहकारीकर्मी साधुराम दाहाल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनालगायतल सहकारीका बारेमा बोलेका थिए । कार्यक्रममा धन्यबाद ज्ञापन उपाध्यक्ष पवन राज कर्णजीतले र सञ्चालन सह–कोषाध्यक्ष सरोज श्रेष्ठले गरेका थिए । –नव क्षितिज साप्ताहिकबाट

