मन्त्रीहरूलाई आइफोन बाँड्ने भ्रामक हो -सूचना सञ्चारमन्त्री तिमिल्सिना

# मन्त्रीहरूलाई आइफोन बाँड्ने भ्रामक हो -सूचना सञ्चारमन्त्री तिमिल्सिना
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, बैशाख ०६, २०८३
मन्त्रीहरूलाई आइफोन बाँड्ने भ्रामक हो -सूचना सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले हरेक मन्त्रीलाई आइफोन उपलब्ध गराउने भनिएको समाचार पूर्ण रूपमा भ्रामक भएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत उनले यस्तो दाबी कसरी र किन फैलिएको हो भन्ने प्रश्न उठाउँदै, कुनै पनि सूचना साझा गर्नु अघि स्रोत र विश्वसनीयता पुष्टि गर्न आग्रह गरेका छन्।

मन्त्री तिमिल्सिनाले सरकारले नागरिकको करको पैसाको दुरुपयोग नगर्ने प्रतिबद्धता दोहोर्‍याउँदै, जनताको हित र उज्ज्वल भविष्य निर्माणमा सरकार केन्द्रित रहेको बताएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up