

स्थानीय तह रसायनिक मल वितरण व्यवस्थापन समितिको मिति २०७९/०४/०९ गतेको बैठकको निर्णय अनुसार अनुदानको रसायनिक मल वितरण निर्देशिका–२०७७ वमोजिम गत आ.व. २०७८÷०७९ को लागि रसायनिक मल विक्रेता सूचिमा दर्ता भई रसायनिक मलको कारोवार गरि रहेका सहकारी÷फर्म÷कृषक समुहले आजको मिति देखि १५ दिन भित्र नविकरण गर्न सूचनामा भनिएको छ ।
नविकरणको लागि रसायनिक मल विक्रेताको सूचिमा दर्ता गरि जारि गरिएको सक्कल प्रमाण पत्र, गत आ.व. २०७८/०७९ मा बिक्रि बितरण गरिएको रसायनिक मलको सम्पूर्ण विवरण (कृषि सामाग्री कम्पनी धुलिखेल तथा साल्ट ट्रेडिङ कम्पनी बनेपा को कारोबार छुट्टाछुट्टै विवरण), सहकारीरफर्मरकृषक समुहको संन्चालक समितिको निर्णय र निवेदन पत्र, स्थायी लेखा नम्बर दर्ताको प्रतिलिपि, गत आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन साथै कर चुक्ता प्रमाणपत्र को प्रतिलिपि, सम्बन्धित वडा कार्यलयलको सिफारिस पत्र, नबिकरण शुल्क रु. २०० र रसायनिक मल सिफारिस शुल्क रु. ५०० गरि जम्मा रु. ७०० तेमाल गा.पा. को कार्यालयमा तिरेको रसिद लगायतको कागजातको आवश्यकता रहेको बताइएको छ ।

बिज्ञापन





