मण्डनदेउपुर नगरपालिकाको बजेट ८८ करोड ९३ लाख : सिचाई खानेपानीदेखि आवश्यक प्रसाशकीय भवन निर्माणसम्म

काभ्रेपलान्चोक –  मण्डनदेउपुर नगरपालिकाको ११ औं अधिवेशनमा ८८ करोड ९३ लाख ७२ हजार २३५ रुपैयाँ प्रस्तुत भएको छ । उपप्रमुख विष्णु मणी नेपालले नगर सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। सामाजिक सुरक्षा भत्ता बाहेक आगामी आर्थिक वर्षका लागि उपप्रमुख नेपालले ८८ करोड ९३ लाख ७२ हजार २३५ रुपैयाँ प्रस्तुत भएको हो ।

जस मध्ये चालु तर्फ ४८ करोड ६६ लाख ४८७ रुपैयाँ अर्थात कुल बजेटको ५४.७२ प्रतिशत प्रस्ताव गरिएको छ । पूँजीगत तर्फ ४० करोड २७ लाख ७ हजार रुपैयाँ अर्थात कुल बजेटको ४५.२८ प्रतिशत विनियोजन गरिएको छ ।

बिज्ञापन

सबैभन्दा बढी नगरपालिका अत्र्तगत प्रत्येक वडाहरुमा पूर्वाधार विकास, सुशासन तथा सेवा प्रवाह कार्यक्रमका लागि ४ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । जस मध्ये सिंचाई तर्फ ७२ लाख र खानेपानी तर्फ ७२ लाख रुपैयाँ रकम अनिवार्य विनियोजन हुने नगरसभा सक्षम उपप्रमुख नेपालले प्रस्ताव गर्नुभएको छ ।