नबराज गौतम र युबराज चौलागाईंको तीज गीत “नाच्नेले नाचम है” सार्वजनिक (भिडियो सहित)

काभ्रे – नेपालीहरुको महान पर्वको रुपमा हरितालिका तिजलाई‌ पनि एक रुपले मानिन्छ विशेष गरी महिला हरुको महान चाडको रुपमा तिजलाई लिइन्छ। नेपाली गीत संगीतमा चाड पर्वका गीतहरु पनि धेरै बजारमा सार्वजनिक हुने गरेको पाइन्छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अबसरमा पनि धेरै गीतहरु एक पछि अर्को गर्दै बजारमामा आएको सुन्न हेर्न सकिन्छ यसकै शिलशिलामा हरितालिका तिजको गीत ” नाच्नेले नाचम है” भर्खरै मात्र बजारमा आएको छ ।

“नाच्नेले नाचम है” सार्वजनिक भएर बिस्तारै चर्चा कमाउदै गरेको देखिन्छ सञ्चार क्षेत्र र सामजिक सञ्चालमा पनि चर्चा कमाएको देख्न सकिन्छ । नबराज गौतमको मन छुने शब्द सिर्जना र युवराज चौलागाईको मनै लोभ्याउने संगीतमा रहेको यस गीतमा युवराज चौलागाई, नबराज गौतम, सबिता ढुंगाना, अनु पराजुली र संगिता अधिकारीको स्वर रहेको छ । उक्त गीतले महिलाहरुलाई तिजको रमझम आइसकेको जस्तो अनुभूति गराउँछ। सोहि गीतमा कृष्ण बि.क को ऐरेन्ज रहेको छ ।

हरितालिका तिज महिलाहरुको लागी निकै नै विशेष हुने गर्दछ । यसै लाई मध्यनजर गर्दै “नाच्नेले नाचम है” को गीतमा महिलहरुको सामुहिक रुपमा म्युजिक भिडियो निर्माण भएको छ । बिक्रम चौहान को म्युजिक भिडियो निर्देशन र लक्ष्मण चौहानको सम्पादन रहेको छ । नबराज गौतम र अनु पराजुलीको धमाकेदार अभिनय रहेको उक्त‌ म्युजिक भिडियोमा अन्य महिलाहरुको पनि सामुहिक अभिनय देख्न सकिन्छ । इन्द्रेणी डट कम नामक युटुब च्यानल बाट सार्वजनिक भएको गीतले बजारमा चर्चा कमाउदै गएको देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly